
ओम प्रकाश यादव माघ १२ गते, रौतहट । भोजपुरी सिनेमाका तिन चर्चित भारतीय कलाकारहरुको बेजोड प्रस्तुती रौतहटमा हुने भएको छ । भोजपुरी सिनेमा जगतका चर्चित कलाकारहरु आउँदो फागुन पहिलो साता रौतहट आउने भएका छन् । भोजपुरी फिल्मका चर्चित नायक दिनेशलाल यादव’निरहुआ’, नायीका अम्रपाली दुबे तथा भोजपुरी गायीका ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा शान्दार प्रस्तुति दिनका लागी फल्गुण ६ गते रौतहटको पतौरा आउन लागेका हुन । निरहुआ भारत, उत्तर प्रदेशका वासिन्दा हुन् । रौतहटको मौलापुर नगरपालिका वडा नं ५, पतौरास्थित पुरात्तात्विक महादेव मन्दिरको प्राङ्गणमा फागुन ६ गते हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन भोजपुरी कलाकार निरहुआ, अम्रपाली दूबे र ईन्दु सोनाली आउन लागेको कलाकार विजय यादव निर्विजले बताएका छन । पुर्व मन्त्री एवं संघिय सांसद प्रभु साहको पहलमा पतौरास्थित पुरात्तात्विक महादेव मन्दिरको प्राङ्गणमा फाल्गुण ५ र ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महायज्ञको आयोजना गरिएको छ । मौलापुर नगरपालिकाले आयोजना गरेको सो महायज्ञको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका साथै भारतिय कलाकारहरु आउन लागेका हुन । एकै दिन एउटै स्टेजमा राष्ट्रपतिका साथै तिन कलाकार निरहुआ, अम्रपाली र ईन्दु सोनाली उत्रने भएकोले रौतहटकै कुनै कार्यक्रमको ईतिहासमा सम्भवत पहिलो पटक धेरै जनमानस ओर्लिने अनुमान गरिएको छ । राष्ट्रपति भण्डारी र तिनै कलाकारहरु आफैमा शक्तिशाली रहेका छन त्यसमा पनि विना टिकटको कार्यक्रम हुन लागेको छ । कार्यक्रमका चारै जना अतिथि शक्तिशाली भएको र कलाकार निरहुआ, अम्रपाली एवं ईन्दु सोनालीलाई दर्शकहरु विना कुनै टिकटको निशुल्क रुपमा नै हेर्न पाउने भएकाले पनि यस कार्यक्रममा रौतहटको इतिहासमै अहिलेसम्म कही कतै नपुगेको जती मानिसहरु पुग्ने देखिएको छ ।
Facebook Comments