Loading...
व्यापक अनियमिततापछि किसानद्धारा प्रधानमन्त्री कृषी आधुनिकिकरण कार्यालय घेराउ

ओम प्रकाश यादव, माघ १२ गते, रौतहट । रौतहट स्थित प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना तरकारीजोन कार्यालय गरुडामा ब्यापक अनियमितता भएको बारे कटहरिया एफएमबाट समाचार प्रसारण भएको २४ घण्टा पनि नवित्दै किसानहरु उक्त कार्यालयलाई आज घेराउ गरेका छन । कटहरिया एफएमबाट हिजो साँझ गरुडामा रहेको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना तरकारीजोन कार्यालयबाट कृषकलाई सरकारी अनुदानमा बितरण गरीनुपर्ने गाडीहरु कृषकलाई नभई कमिसनको खेलमा ब्यापारीलाई बितरण गरीएको भन्दै समाचार प्रसारण भएको थियो । समाचार प्रसारण भएलगतै जिल्लाका किसानहरु आज प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना तरकारीजोन कार्यालय गरुडालाई घेराउ गरेको थियो । कार्यालयले किसानलाई दिनुपर्ने अनुदानको गाडी वास्तविक किसानलाई नदिई कमिसन लिएर विचौलिया र व्यापारीलाई दिएको भन्दै यसको विरुद्धमा आज चर्को नारावाजी गर्दै विरोध गरेको हो । कुश्वाहा कृष्ण समुह मौलापुर नगरपालिका वडा नं १ का किसान राम विश्वास महतोके नेतृत्वमा सयौको संख्यामा गएका किसानहरु कार्यालयमा रहेका कर्मचारीहरुलाई बाहिर निकालेर विरोध प्रदर्शन गरेका थिए । त्यसैगरी तरकारी जोनको सञ्चालक समिति गठनमा पनि कार्यालय प्रमुखले मनपरी गरेको कृषकहरुले बताएका छन । विरोध प्रदर्शनमा सहभागि भएका किसानहरुले कार्यालय प्रमुख आफना मनोमानी ढंगले कसैलाई पनि जानकारी नदिई तरकारी जोन सञ्चालक समितिको अध्यक्षमा पतौराका शेखर साहलाई नियुक्त गरेको आरोप लगाएका छन । किसानहरुलाई भेला गराई निर्वाचन प्रक्रिया वा सबैको सर्वसहमतिमा जोन सञ्चालक समितिको अध्यक्ष चएन गर्नुपर्नेमा कार्यालय प्रमुख रामबलम साहले सरकारी नियमलाई लत्याउँदै एकलौटि रुपमा नियुक्त गरेको अध्यक्ष साहलाई हटाएर चुनावी प्रक्रिया वा सबैको सर्वसहमतिमा नयाँ अध्यक्ष चएन गर्नुपर्ने माग गरेका थिए । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना तरकारीजोन कार्यालय गरुडाका प्रमुख साहले यहि माघ २९ गते सञ्चालक समितिको नयाँ अध्यक्ष चएन गर्ने प्रतिवद्धता जनाएपछि किसानहरु आन्दोलन छाडेर फर्केका थिए । तरकारी कृषकलाई प्रत्यक्ष लाभान्वित र प्रोतसाहन दिने उदेस्यले गरुडा स्थित तिनबर्ष अघि स्थापना भएको प्रधानमन्त्री कृषी परियोजना कार्यालय बाट बास्तविक कृषकको सटा कमिसन दिएर झण्डै एकदर्जन ब्यापारीले छुटको गाडी हातपार्न सफल भएका छन । कृषकले आफनो खेतमा उत्पादन गर्ने हरीयो तरकारी बजार सम्म लैजान सहजहोस भने उदेस्यले सरकारले ८० प्रतिसत सम्म छुटमा पिकअप,टेयाक्टर लगायत गरुडा कृषी परियोजना मार्फत झण्डै एकदर्जन गाडी बितरण गरीएको थियो । तर जिवनमा कहिलै तरकारीखेती नगरेका कटहरिया ५ बलिरामपुर गाँउका हरीप्रासद कलवार कमिसनको भरमा गरुडा कृषीजोन कार्यालय बाट पिकअप गाडी लिन सफल भएका छन । हरीले सहुलियतदरमा लिएको पिकअप गाडी अहिले अन्य ब्यापारीलाई भाडामा दिएका छन ।त्यसैगरी कृषीजोन गरुडा बाट सरकारी अनुदानमा बितरण भएको अधिकांस गाडी बास्तविक किसानको सटा ब्यापारीको हातमा परेको कर्कच कर्मैयाका सुरेश कुश्वाहाले बताएका छन । त्यसैगरी केहीदिन अघि प्रधानमन्त्री कृषी परियोजना तरकारीजोनको सञ्चालक समिती गठनमा कार्यालय प्रमुख रामबलम साह मनपरी गरेको कर्कचकर्मैयाका किसान कुश्वाहाले गुनासो गरेका छन । त्यसैगरी मौलापुर नगरपालिका १ मर्यादपुर स्थित मुस्कान कृषक समुहलाई कार्यालय प्रमुख रामबलमले मनपरी ढंगले सुचिकृत गरेका छैनन । सञ्चालक समिति गठनको नाउमा कार्यालय प्रमुख साहले गाँउ गाँउमा पक्ष बिपक्ष बनाएर झगडा लगाउने काम समेत गरेको पिडित किसानहरुले गुनासो गरेका छन । प्रधानमन्त्री कृषी परियोजना तरकारीजोन गरुडाका प्रमुख रामबलम साह संग हालसम्म कार्यालय बाट अनुदानमा बितरण भएको गाडीको तथ्यांक माग्दा पटक पटक आलटाल गर्दै म आफैलाई थाहाछैन ८-१० दिनमा पता लगाएर जानकारी दिन्छु भनी प्रतिकृया दिएका छन । प्रधानमन्त्री कृषी परियोजना तरकारीजोन गरुडा कार्यालयको बासतविक गतीबिधी माथी माथिलो निकाय अख्तियार दुरुपयोग अनुसंधानले निगरानी गर्नुपर्ने किसानहरुको माग रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *