Loading...
समाजवादी पार्टीका नेता महन्थ राय यादवको निधन

ओम प्रकाश यादव माघ १२ गते, रौतहट । समाजवादी पार्टीका सक्रिय सदस्य महन्थ राय यादवको निधन भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नं ३ भेल्ही निवासी नेता यादवको ७५ वर्षको उमेरमा आज बेलुका ८ बजे निधन भएको हो । आफनै कालगतीले उनको आफनै घरमा मृत्यु भएको स्थानीय राम नरेश यादवले बताएका छन । लामो समयदेखी समाजवादी पार्टीमा सक्रिय भई पार्टीका लागि महत्वपूर्ण योग्दान पुरयाएका नेता यादवको असमायीक निधनले सम्पूर्ण समाजवादी पार्टी नै स्तब्ध बनेको छ । दशक भन्दा बढी दिन देखी समाजवादी पार्टीको रौतहट जिल्ला सदस्यको रुपमा काम गरेका नेता यादवको मृत्युको खबरले आफुलाई स्तब्ध बनाएको कृषि राज्य मन्त्री योगेन्द्र यादवले बताएका छन । मृत्क यादवको भोली मात्रै अन्त्योष्टि गरिने कार्यक्रम रहेको छ । उहाँको पार्थिव शरीरमा भोली झण्डा आृढाउनको लागि प्रदेश २ का कृषि राज्य मन्त्री यादवका साथै अन्य मन्त्री, विद्यायक एवं नेताहरु आउने मन्त्री यादवका विकास प्रतिनिधि राम नरेश यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *