
डा. कमोद निराला
कोरोना भाइरस एक किसिमको भाइरस हो ? यो भाइरस आजकल सबै देशमा फैल्न थालेको छ !कोरोना भाइरस सबैभन्दा पहिला कोरियामा एउटा एपोडोमिक भईरहेको थियो त्यहा SARS नामबाट पता लाग्यो र SARS ( severe acute respiratory syndrome ) चिन्न थाल्यो ! कोरियामा धेरै जनाको ज्यान गएको थियो । त्यसपछि यो भाइरस मिडलिस्ट देशहरूमा भयो त्यहा पनि धेरै ज्यान गयो । त्यसपछि हालसालै चाइनाको हुवेइ प्रान्तमा पता लाग्यो । त्यहा को मान्छेहरुमा धेरैलाई निमोनियाको सिकार भयो । त्यहाको अस्पतालमा धेरै मान्छेहरु भर्ना हुदा चाइनाको सरकारले रिसर्च गर्दा कोरोना भाइरस देखा पर्यो l
कोरोना भाइरस भनेको के हो ?
कोरोना भाइरस एक किसिमका common virus हो l जुन हरेक कम्युनिटी मा पाउन सकिन्छ । यो नयाँ प्रजातिको भाइरस हो । जुन मानव जातिमा पहिला पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी ,साइनसको इन्फेक्सन तथा घाटीमा समस्या हुनु जस्ता देखि गम्भीर प्रकार को तीब्र श्वासप्रश्वास( SARS=severe acute respiratory syndrome ) सम्म गराउन सक्दछ । यदि यो भाइरस सिवियर भयो भने स्वास फेर्न धेरै गह्रौ हुन्छ र छाती दुख्न थाल्छ । यदि रोकेन भने हाम्रो शरीरको अक्सिजनको मात्रा कम हुनथाल्छ । अनि अाईसिअो मा भर्ना गरेर भेनटिलेशनमा राख्नुपर्ने हुन्छ । मानिसहरुमा सिभियर रोग भएको कारणले गर्दा फोक्सो ,किड्नी , मुटु अरू पनि अर्गेन फेल हुन्न सक्छ र मानिस को मृत्यु हुन सक्छ । यद सहि समयमा उपचार गरेन भने यो भाइरस एउटा द्रप्लेट इन्फेक्शनले गर्दा फैलिन्छ जस्तै : खोक्दा , हाछ्यु गर्दा हावामा मिसिएर फैलिन्छ र त्यो हाम्रो शरीरमा भाइरल हुनसक्छ । यदि कुनै पनि ब्यक्ति यो रोगसंग पीडित हुनुहुन्छ भने उसंग हात मिलाउदा ,गले मिलाउदा र खानेकुराहरू सेयर गर्दा वा मिलेर खादा यो भाइरस हाम्रो शरीरमा फैलिन सक्छ ।
बाच्ने उपाय के हो ?
यो भाइरसको कुनै पनि उपचार पता लागेको छैन न त कुनै भक्सिन पता लागेको छ र ना त कुनै अौषधी नै छ ? दैनिक क्रियाकलापमा सुधार गर्नुपर्ने हुन्छ जस्तैमा (1) नियमित रुपमा साबुन पानीले हात धुने (2) खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्नुपर्ने (3) यदि फ्लू जस्तो लक्षण (flu-like symptoms) देखिएमा चिकित्सकसंग परामर्श गर्ने 4
(4) फ्लू जस्तो लक्षण देखाउने जो कोहिको सम्पर्कवाट टाढा रहने । (5) जंगली तथा घरेलु पशुपन्छिहरुसंग असुरक्षित सम्पर्कबाट टाढा रहने । (6) पशुजन्य मासु/ अण्डा राम्रोसंग पाकेको मात्र खान्ने ।
Facebook Comments