Loading...
पत्रकार रिसाएर केही फरक पर्दैन, उनीहरुभन्दा बढी २५वर्ष पत्रकारिता गरेको छु- मन्त्री बास्कोटा

१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वतन्त्र प्रेसमैत्री कानूनका लागि कुनै आन्दोलन गर्नुनपर्ने बताएका छन् । नेपाल टेलिभिजन इटहरीको शुक्रबार शुभारम्भ गर्दै उहाले भन्नु भयो – कानूनहरु लोकतान्त्रिक हुन्छ, एउटा त्यान्द्रो समातेर धेरै कराउनुपर्दैन छलफलका ठाउँ बाँकी छ । छलफल हुन्छ । सञ्चारमन्त्री बास्कोटाले रहर लागेमात्रै जुलुस निकाल्न आग्रह गर्नु भएको छ । उहाले अब पत्रकारिता क्षेत्रको परीक्षण हुने बेला आएको जिकिर गर्नु भयो । पत्रकारिता क्षेत्रप्रति आक्रोशित रुपमा प्रस्तुत हुनु भएका सञ्चारमन्त्री बास्कोटाले पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको हो ? भनी प्रश्न समेत गर्नु भएको छ । पत्रकारको जाँच लिने भन्नेवित्तिकै लोकतन्त्र खतरामा पर्‍यो भनेर टिप्पणी भएको भन्दै मन्त्री बास्कोटाले जाँच दिएर हामी सक्षम छौं भन्न सकिन्न ? भन्दै प्रश्न गर्नुभयो । ‘सरकारले संविधान मिचेर काम नगरेको भन्दै सञ्चारमन्त्री बास्कोटाले मिडियाले आफूलाई पढाउन जरुरी नभएको टिप्पणी गर्नुभयो । आफ्नो भाषणबाट केही पत्रकार रिसाएर केही फरक नपर्ने मन्त्री बास्कोटाले ब्स्त्स्सुनु बहसको छ । उहाले भन्नु भयो -‘कोही पत्रकार रिसाएर केही फरक पर्दैन, यिनीहरुले भन्दा बढी २५ वर्ष पत्रकारिता मैले गरेको छु” ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *