Loading...
प्रहरीद्धारा एउटै विषयमा दोहोरो मुद्धा दाएर, विना कारण दाईलाई दुख दिएको भाईको आरोप

माघ २३ गते, रौतहट । रौतहट प्रहरीले आफना दाई भुप नारायण यादवलाई विना कारण पक्राउ गरेको उनका भाई राजेश यादवले आरोप लगाएका छन । ठगी मुद्धामा हिजो पक्राउ परेका गरुडा नगरपालिकाका आईटी अफिसर भुप नारायण यादवका भाई राजेश यादवले प्रहरी प्रशासनले न्याय दिनुको सटा दाई भुप नारायणलाई पक्राउ गरी उल्टै अन्याय गरेको बताएका छन । गरुडा नगरपालिका जिंगडिया टोलका शेख कादिरले आफना छोरालाई अष्ट्रेलिया पठाउने भन्दै गरुडा नगरपालिकामा कार्यरत आईटी अफिसर भुप नारायण यादव र वडा नं २ गेडहीगुठी घर भएका जयनाथ यावदले करोडभन्दा बढी पर्ने तिनकठा, तिनधुर जग्गा ठगी गरेको भन्दै दुवैजनामाथी उजुरी दिएको थियो । कादिरको उजुरीको आधारमा अफिसर यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले हिजो पक्राउ गरेको थियो तर अर्का आरोपी जयनाथ यादव अहिलेसम्म पनि पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका भुप नारायण यादवका भाई राजेश यादवले शेख कादिर केहि वर्ष अघि सहमतिमा नै आफनो तिन कठा, तिनधुर जग्गा दाई भुप नारायणसँग बिक्री गरेको बताएका छन । धेरै खाल्डो रहेको जग्गालाई माटोले पुरिदा त्यसको मुल्य करोडौ भएको थियो । भाई राजेशले बताए अनुसार सस्तो मुल्यमा विक्रि भएको जग्गा केहि महिना पछि महंगो भएपछि जग्गादाता कादिरले उक्त जग्गा जसरी पनि हत्याएरै छाडने सोचमा पुगे । त्यसपछि कादिरले उक्त जग्गा फिर्ता ल्याउन जग्गा विक्रि नै नगरेको जस्ता नाटक गरेर भुप नारायणमाथी मुद्धा दाएर गरे । आफनो जग्गा बलजबरजस्ती यादवले पास गराएको भन्दै कादिरले दाएर गरेको मुद्धा अहिले जिल्ला अदालत रौतहटमा विचारधीन रहेकै अवस्थामा प्रहरीले फेरी अर्को मुद्धा दाएर गरेर दाईलाई पक्राउ गरेको भाई राजेशले बताए । प्रहरीले दाईमाथी एउटा ठगीको मुद्धा अदालतमा चलिरहेकै अवस्थामा त्यही विषयमा पुन गठी गरेको भन्दै अर्को मुद्धा दाएर गर्नु न्याय संगत नभएकोे उनको भनाई छ । दाई निर्दोष रहेकोले जसरी पनि न्याय दिन प्रहरीसँग उनले माग गरेका छन । आफनो दाई निर्दोष रहेकोले रौतहट प्रहरीले उचित न्याय दिनेमा आफु आशावादी रहेको उनले बताए । यता पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *