
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु माघ २४ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीमा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। अतिथि कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता , कृष्णनगर स्वास्थ्य चौकी समितिका सल्लाहकार मौलाना मसहूद खां नेपाली, डाक्टर संकर भट्टराई रहनु भयो। उक्त कार्यक्रम मा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण,कसले र कसरी सेवन गर्ने, बच्ने उपाय लगायत अन्य कुरा को बारेमा स्वास्थ्यक्रमी नन्द गोपाल विश्वकर्माले प्रकाश पार्नु भयो। उक्त कार्यक्रममा सोही स्वास्थ्य चौकी व्यवस्थापन समितिका सल्लाहकार मौलाना मसहूद खां नेपालीले यो रोग सबै मिलेर निर्मुल पार्नु पर्ने, हात्तीपाइले रोगको औषधि सेवन गर्नुपर्ने र यो रोग निवारणका लागी आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा बताउनु भयो। उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा क्षेत्र लगायत स्थानीय गरी लगभग ४० जनाको उपस्थित रह्यो।
Facebook Comments