Loading...
समाजवादी पार्टिलाई देशकै ठुलो पार्टि बन्न इन्द्रेको बाउ चन्द्रेले पनि रोक्न सक्दैन – यादव

ओम प्रकाश यादव माघ २५ गते, रौतहट । समाजवादी पार्टीले नयाँ एजेण्डा सहित देशैभरी संगठन विस्तार तथा सुदृढिकरण विसु अभियान सञ्चालन गरेको छ । रौतहटको सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्रमा आज पार्टिको संगठन विस्तार तथा सुदृढिकरण विसु अभियान अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दबाव दिने उद्देश्यका साथ पार्टिलाई नयाँ ढंगबाट अगाडि बढाउन समाजवादी पार्टीले देशैभरी संगठन विस्तार तथा सुदृढिकरण अभियान सञ्चालन गरेको छ । समाजवादी पार्टि जिल्ला कार्य समिति रौतहटले गौरमा आज आयोजना गरेको जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले पार्टिले देशमा अब नयाँ ढंगबाट अगाडि बढन र पार्टिलाई बैकल्पिक शक्तिको रुपमा निर्माण गर्नको लागि संगठन विस्तार तथा सुदृढिकरण अभियान सञ्चालन गरेको बताएका छन । लोकतान्त्रिक प्रतिस्पर्धात्मक दलीय व्यवस्थामा बैकल्पिक शक्ति निर्माणको लागि समाजवादी पार्टिलाई देशकै शक्तिशाली एवं सबभन्दा ठुलो पार्टि बनाउने उद्देश्यका साथ पार्टिले संगठन विस्तार तथा सुदृढिकरण अभियान शुरु गरेको कृषि राज्य मन्त्री यादवले बताएका हुन । समाजवादी युवा संघका केन्दिय्र अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले नयाँ शक्ति र समाजवादीबीच एकता भएपनि यो एकताको सन्देश समपूर्ण नेपाली जनताकोबीचमा पुग्न नसकेको बताउँदै दुबै पार्टिबीच भएको एकताको सन्देश सबै आम जनतामा पुरयाउने यो अभियानको दोश्रो उद्देश्य रहेको बताए । सरकारले लिएको लक्ष्य पुराहुनेवितिकै समाजवादीलाई देशकै सबभन्दा ठुलो दल बन्नबाट कसैले रोक्न नसक्ने मन्त्री यादवले ठोकुवा गर्नुभयो । पार्टिले मधेशवादको साथै रास्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरसम्मको मुद्धाको रुपमा लोकतान्त्रिक समाजवाद र समान्तवादको नयाँ एजेण्डा उठाएको बताउँदै कृषि राज्य मन्त्री योगेन्द्र यादवले पार्टिले लिएको लक्ष्यलाई पुरा गर्न सम्पूर्ण पार्टि पङतिलाई गम्भिर भएर लाग्न आग्रह गरे । स्थानीयतह, क्षेत्रीय र वर्गिय वर्गको बाँकी रहेको समायोजनको काम पुरा गर्ने र सदन एवं सडकबाट भए पनि मधेशको मुख्य एजेण्डाको रुपमा रहेको संविधान संशोधनको लागि दबाव दिने विसु अभियानको उद्देश्य रहेको मन्त्री यादवले प्रष्ट पार्नुभयो । समाजवादी पार्टिले पार्टिलाई समृद्ध र शक्तिशाली पार्टि बनाउने लक्ष्य उद्देश्यका साथ अघि बढन लागेको बताउँदै कृषि मन्त्री यादव संगठनलाई मजबुत बनाउनको लागि गम्भिर भएर लाग्न उहाँले सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यसतै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा विसु अभियानका जिल्ला संयोजक किशोरी यादवले पार्टिले पार्टिलाई समृद्ध र शक्तिशाली बनाउने लक्ष्य लिएकोले यो लक्ष्य पुरा गर्नको लागि सबैलाई आ आफनो तर्फबाट सहयोग गर्न आग्रह गरेका छन । पार्टिको जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा समाजवादिका केन्द्रिय सदस्य रेवन्त झा, विन्देशवर यादव, विरेन्द्र यादव, जिल्ला सह संयोजक वृजकिशोर यादव, जिल्ला समन्व समितिका उपसभापति रामबशिष्ट राय यादव, युवा नेता राजकुमार दास, सहित समाजवादीका सयकरो नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *