Loading...
ठुलो जनमत रहेकोले आउँदो निर्वाचनमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ ः यादव

ओम प्रकाश यादव, माघ २७ गते, रौतहट । नेपाली कांग्रेस रौतहटका पूर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले आउँदो निर्वाचनमा कांग्रेस  पहिलो दल बन्ने दावी गरेका छन । कांग्रेसको देशभरी नै ठुलो जनमत रहेकोले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो दल बन्नबाट कसैले पनि रोक्न नसक्ने पूर्व सांसद सुनिल यादवले ठोकुवा गर्नुभयो । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ९ धरहरीमा आज आयोजित पार्टिको वडा कमिटि विस्तार तथा समायोजन कार्यक्रमलाई प्रमुख आतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका रौतहट क्षेत्र नं ३ का पूर्व सांसद सुनिल यादव जितेन्द्रले अगामि निर्वाचनपछि देशमा कांग्रेसको नृतृत्वमा सरकार बन्ने बताउनुभयो । कांग्रेस गरिव, असाहाय,मजदुर, किसान,थारु, जनजाति, मुस्लिम, मधेशी लगाएत सबै वर्ग र जातजातिको पार्टि रहेकोले अगामी निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने र जनतालाई ठग्ने पार्टिको पराजय निश्चित रहेको पूर्व सांसद यादवले दावी गरे । यसभन्दा अघि देशकै सबभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसको गत निर्वाचनमा पनि फेरी ठुलो दल बन्ने पुरै सम्भावना रहेतापनि पार्टिकै केहि नेताले गरेको गद्दारी कारण पार्टिलाई पराजय हुनुपरेको उहाँले बताउनुभयो । कम्युनिष्ट सरकार देशमा विकास गर्नुको सटा जातिवाद, पुजिवाद तर्फ उन्मुख रहेको आरोप लगाउँदै कांग्रेसका पुर्व सांसद यादवले देशलाई विकसित र आर्थिक रुपमा सब्बल एवं मजबुत बनाउनको लागि कांग्रेसको विकल्प नरहेको पुर्व सांसद सुनिल यादवले बताए । धरहरीमा आयोजित वडा कमिटि विस्तार तथा समायोजन कार्यक्रममा नेकपा, राजपा लगाएतका पार्टि परित्याग गरी दर्जनौ व्यक्ति नेपाली काग्रेसमा प्रवेस गरेका छन । नेपाली कांगेसका स्थानीय नेता बिरी पंडितको अध्यक्षतामा भएको कार्यक्रममा अन्य पार्टि परित्याग गरी ३१ ज्ना कांग्रेसमा प्रवेस गरेका छन । पार्टी प्रवेस गर्ने सबैलाई क्षेत्र नं ३ का सांसदका प्रत्याक्षि ंवं पूर्व सांसद सनिल यादव जितेन्द्रले टिका र माला लगाएर पार्टिमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टिका जिल्ला सचिव हिरदेनारायण यादव, नेता रामभरोस यादव, रामअयोध्या यादव, विद्यायकका प्रत्याक्षि राम नारायण यादव, सुदामा राय यादव सहितका नेता कार्यकर्ताहरुको उपस्थित रहेको क्षेत्रीय सचिवालय सचिव गणीलाल प्रसाद यादवले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *