Loading...
कटहरियाको नयाँ प्रशासकिय अधिकृतमा सिंह, बिजयपुरमा रजकलाई हाजिरीमा रोक

ओम प्रकाश यादव, माघ २७ गते, रौतहट । रौतहटको कटहरिया नगरपालिकाको नया प्रशासकिय अधिकृतमा श्याम कुमार सिंह आउनु भएको छ । सोमवार मेयर सियाराम कुश्वाहा र उपमेयर नुरजहाँ खातुनको उपश्थितीमा अधिकृत सिंह सोमवार नगरको कार्यालयमा हाजिर गर्नु भएको छ । उहाँले सामवार नै नगरपालिकाका सबै कर्मचारीहरु संग औपचारिक रुपमा परिचय समेत गरीसकेको पालिका स्रोतले जनाएको छ । प्रशासकिय अधिकृत श्याम कुमार सिंह सप्तरी स्थित राजबिराज नगरपालिका बाट सरुवा भई कटहरिया आएका छन । सिंह यस अघि यातायात कार्यालय र सञ्चार कार्यालयमा काम गरीसकेका छन । उता कटहरिया नगरपालिकामा पछिलो एकबर्ष देखी प्रशासकिय अधिकृतको रुपमा कार्यरत रही हालै सरुवा भई फतुवा बिजयपुर नपा जानुभएका मनोज कुमार रजक लाई हाजिरमा रोक लगाईएको छ । फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले सोमवार हाजिर हुनगएका अधिकृत रजक लाई हाजिरीमा रोक लगाएका हुन । नगरपालिकाको प्रशासकिय अधिकृतमा उपसचिव सरहको कर्मचारी हुनुपर्नेमा रजकलाई कार्यकारीमा पठाएकोमा मेयर यादवले उनको हाजिरमा रोक लगाएका हुन । पटक पटक मन्त्रालय र बिभागमा फतुवा बिजयपुरको प्रशासकिय अधिकृतमा कुनै पनी उपसचिव लाई पठाउनुस भनी अनुरोध गरेका थिए । तर बिभिन्न नेताको दवाबमा बिभागले उपसचिव न पठाई कार्यकारी मनोज कुमार रजकलाई पठाँउदा हाजिर हुन नदिएको मेयर यादवले टिप्पनी गरेका छन । उता फतुवा बिजयपुरले रजकलाई हाजिर नगराउँदा उनी फेरी बिभाग र मन्त्रालय फर्किने करीब पक्का पक्की भएको छ । जिल्ला समन्वय समिति रौतहटका उपसभापती रामबशिष्ट यादवले फतुवा बिजयपुर नगरप्रमुख गोपाल प्रसाद यादव संग सहकार्य गरेर प्रशासकिय अधिकृतमा मनोज कुमार रजकलाई हाजिर गराउने बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *