Loading...
देशलाई ऋणमा डुवाउने कम्युनिष्ट सरकार समृद्धिको कुरा गर्नु हास्यास्पद ः कांग्रेस सांसद यादव

ओम प्रकाश यादव माघ २८ गते, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ५,६ मा आज नेपाली कांग्रेसको अन्तरक्रिया, वडा कमिटि विस्तार तथा समायोजन कार्यक्रम सम्पन्न भएको छ । पूर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं ५ मा ५१ सदसस्य कांग्रेसको वडा कमिटि गठन गरिएको छ । मौजेलाल यादवको सभापतित्वमा गठन गरिएको वडा कमिटिको उपसभापतिमा जयप्रकाश जयसवाल, सचिवमा सुरेश प्रसाद यादव र कोषाध्यक्षमा भिखारी यादवलाई चएन गरिएको छ । वडा नं ६ को कमिटि गठन र पार्टि प्रवेस कार्यक्रम भोलीको लागि राखिएको बताईएको छ । सो अवसरमा बोल्दै कांग्रेसका पूर्व सांसद सुनिल यादवले द्धन्द्धकालमा तत्कालिन माओवादीले बम पडकाएर भत्काएको भौतिक संरचनाको अहिले पुनरनिर्माण गर्नको लागि ठुलो अर्थतन्त्रको आवश्यक्ता परेकोले देश अहिले रिऋमा डुवेको आरोप लगाएका छन । आफुलाई सर्वहराको नेता भन्नेहरु जंगलबाट अहिले महलम बसेको छ तर द्धन्द्धकालका लडाकुको विधवा श्रीमतिहरुलाई अहिले खान र बस्न मुस्किल भएकोे उहाँले बताउनुभयो । देशलालाई रिऋमा डुबाउने सरकार अहिले विकास र समृद्धिको कुरा गर्दा हास्यास्पद भएको पुर्व सांसद यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *