Loading...
बन्द श्रीराम सुगर मिल्स यादवको प्रयासमा सञ्चालन हुँदा किसानले गरे यादवको जय जयकार

ओम प्रकाश यादव कारोवार संवाददाता गौर २८ माघ । बन्द हुन लागेको रौतहटको सबभन्दा ठुलो उद्योग श्रीराम सुगर मिल्स आजदेखी पूर्ण रुपमा सञ्चालन भएको छ । दुई महिना ढिलो गरी रौतहटको मध्य भाग गरुडामा अवस्थित श्रीराम सुगर मिल्स आजदेखी मात्र सञ्चालनमा आएको हो । प्रत्येक वर्ष मंसिरमा नै सञ्चालन हुँदै आएको मिल्स यस वर्ष विभिन्न कारणले गर्दा दुई महिना ढिलो गरी सञ्चानल भएको हो । प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र उखु उत्पादक संघ रौतहटको अथक प्रयासमा मिल्स ढिलो भएपनि सञ्चालन हुँदा रौतहटका किसानहरु निकै हर्षित भएका छन । बन्द अवस्थामा पुगेको मिल्स सञ्चालन हुँदा किसानहरु खुसी भएका छन । मिल्स निरन्तर घाटामा गएको भन्दै उद्योगपति हितेश गोल्छाले सूचना नै निकालेर यस वर्ष मिल सञ्चालन नहुने जनाएका थिए । उखु किसानको उखु सर्भे समेत गरेर मिल्स सञ्चालन गर्ने समयमा उद्योगपतिले मिल्स सञ्चालन नगर्ने बताएपछि किसान र उखु उत्पादक संघका साथै प्रदेश २ को सरकार पनि जसरी भएपनि मिल्स सञ्चालन गर्न दबाव सृजना गरेको थियो । उद्योगपतिलाई मिल्स सञ्चालनको लागि चौतर्फि दवाव आएपछि उद्योगपछि गोल्छाले अहिले मात्र मिल्स सञ्चालन गर्न तयार भएपछि मिल्स सञ्चालनमा आएको छ । गत वर्ष १८ लाख क्वीन्टल उखु क्रसिंग गर्ने लक्ष्य राखेर सञ्चालन गरिएको मिल्सले १४ लाख क्वीन्टल उखु क्रसिंग गरेको थियो । तर यस वर्ष सिजनको अन्त्यमा मिल्स सञ्चालन हुँदा ३ लाख क्वीन्टल मात्र उखु क्रसिंग गर्ने लक्ष्य राखिएको मिल्सका उखु महाप्रबन्धक पवन कुमार झाले बताएका छन । गरुडा चिनि मिलको दैनिक २२ हजार क्वीन्टल उखु क्रसिंग गर्ने क्षमता रहेको छ । किसानको चार वर्षको गरी ४२ करोड रुपैया भुक्तानी गर्न मिल्सले बाँकी राखेको छ । यस वर्ष क्रसिंग हुने उखुबाट उत्पादन हुने चिनी विक्रिबाट भ्याएसम्म किसानलाई भुक्तानी दिने र बाँकी भुक्तानी यसै वर्ष जग्गा बेचेर गर्नेे मिल्स प्रशासनले प्रतिवद्धता गरेको महाप्रबन्धक झाले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *