Loading...
राज्य मन्त्री यादवद्धारा गृह जिल्लामा एकै दिन दुईवटा सहकारी तालिमको उदघाटन

ओम प्रकाश यादव फाल्गुण २ गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटमा एकैसाथ छुट्टाछुट्टै स्थानमा दुईवटा सहकारी सम्बन्धी तालिमको उदघाटन गर्नुभएको छ । कृषि राज्य मन्त्री यादवले जिल्लाको सदरमुकाम गौर स्थित रौतहट गेष्ट हाउसमा सहकारीको ५ दिने अभिमुखिकरण तालिम र गरुडा स्थित नवीन गेष्ट हाउसमा प्रदेश स्तरीय सहकारी अभिमुखिकरण तालिमको उदघाटन गर्नुभएको छ । प्रदेश २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा उक्त दुईवटै तालिम सञ्चालन गरिएको मन्त्री यादवले बताउनुभयो । सहकारी संस्थाका पदाधिकारीहरुलाई सहकारी सम्बन्धी तालिम दिई सहकारीको माध्यमले गरिवि न्युनिकरण गर्ने र सहकारीहरुलाई बढीभन्दा बढी बेरोजगार व्यक्तिहरुलाई रोजगारी दिन सक्ने खालको विकास गर्ने लक्ष्यका साथ सहकारी सम्बन्धी तालिम सञ्चालन गरिएको कृषि राज्य मन्त्री यादवले स्पस्ट पार्नुभयो । मन्त्रालयको सहयोगमा गंगा गोदावरी कृषि सहकारी संस्था लि. बरियारपुर ५ हाल गढिमाई नगरपालिका वडा नं ७ ले गरुडामा सञ्चालन गरेको प्रदेश स्तरीय सहकारी अभिमुखिकरण तालिम आजदेखी पाँच दिनेसम्म चल्ने छ भने आदर्श महिला कृषि सहकारी संस्था लि. राजदेवी नगरपालिका वडा नं २ ले गौरमा सञ्चालन गरेको सहकारीको ५ दिने अभिमुखिकरण तालिम आजदेखी फाल्गुन ६ गतेसम्म सञ्चालन हुने छ । गरुडामा सञ्चालित तालिमको पहिलो दिन आज विभिन्न सहकारी संस्थाका महिला पुरुष गरी ३५ जना सहभागिता जनाएको आयोजक संस्था गंगा गोदावरीका अध्यक्ष जिनिश राय यादवले बताउनुभयो । त्यस्तै गौरमा सञ्चालित तालिमको पहिलो दिन आज विभिन्न सहकारी संस्थाका महिला पुरुष गरी ३५ जना सहभागिता जनाएको आयोजक संस्था आदर्श महिलाका पदाधिकारी विजय कुमार भगतले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *