Loading...
देवाही गोनाही नगरपालिकामा छोरी शिक्षा विमा शिविर शुरु, मेयर पटेलद्धारा शिविरको उदघाटन

ओम प्रकाश यादव फाल्गुण २ गते, रौतहट । प्रदेश २ सरकारको महत्वकांक्षी योजना बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा कार्यक्रम रौतहटको देवाही गोनाही नगरपालिकामा आजदेखी शुरु भएको छ । नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले आज नगरपालिकाको प्रांगनमा आयोजित एक कार्यक्रमकाबीच नगरमा छोरी शिक्षा विमा शिविरको उदघाटन गर्नुभएको छ । मेयर पटेलले उदघाटन गरेसँगै शुरु भएको छोरी शिक्षा विमा शिविर आजदेखी तिन दिनसम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन आज ५७ जना छोरीको शिक्षा विमा गरिएको नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख रुपेश कुमार झाले बताउनुभयो । आज वडा नं ७ र ८ को छोरीहरुको शिक्षा विमा गरिएको छ भने भोली वडा नं १,५ र ६ का छोरीहरुको शिक्षा विमा गरिने उहाँले बताउनुभयो । शिक्षा विमा गराउने छोरीको घरमा सुविसुले तिन महिना निशुल्क ईन्टरनेट सेवा पनि उपलब्ध गराउने छ । यसअघि जिल्लाको गौर, गरुडा, राजपुर, माधवनारायण, चन्द्रपुर लगाएतका नगरपालिकाहरुमा छोरी शिक्षा विमा कार्यक्रम सम्पन्न भैसकेको छ भने बाँकी स्थानीय तहहरुमा पनि विस्तारै छोरी शिक्षा विमा कार्यक्रम सञ्चालन हुँदै जाने छोरी शिक्षा विमा कार्यक्रमका रौतहट जिल्ला संयोजक कृष्ण साहले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *