Loading...
उपसचिव भन्दा तल लेवेलको कर्मचारी प्रमुख हुँदा स्थानीय तहमा भ्रष्टाचार बढयो ः यादव

ओम प्रकाश यादव फाल्गुण ३ गते, रौतहट । जिल्ला समन्वय समिति रौतहटका उपसभापति राम बशिष्ठ यादवलले कर्मचारीकै कारण जिल्लाका स्थानीयतहहरुमा भ्रष्टाचार बढेको बताएका छन । उपसचिव भन्दा कम योग्याता भएका कर्मचारी कार्यालय प्रमुख बनेको कारण स्थानीयतहमा भ्रष्टाचार बढेको यादवले आरोप लगाएका हुन । रौतहट स्थित कटहरिया एफएमको साप्ताहिक कार्यक्रम सिधा सवालमा आज बोल्दै समन्वय समितिका उपसभापति यादवले स्थानीयह तहको प्रमुख हाकिम सचिव वा उपसचिव हुनुपर्नेमा रौतहटको गौर,चन्द्रपुर बाहेक अघिकांश स्थानीय तहको प्रमुख अधिकृत, नासु, इन्जीनियरहरु कर्मचारी रहेका कारण भ्रष्टाचार मौलाएको बताए । कम स्तरका व्यक्ति कार्यालय प्रमुख हुँदा आफनो पदीय मर्यादालाई ख्यालै नगरी नगरको विकास भन्दा बढी कमीशन र भागबण्डाको खेलमा लाग्ने गरेको कारण पछिलो समय अधिकांश स्थानीयतह भ्रष्टाचारको अखाडा बन्दै गएको उनले बताए । भ्रष्टाचार रोक्नको लागि सरकारले स्थानीयतहहरुमा सचिव र उपसचिव तहको कर्मचारी पठाउनुपर्ने आवश्यक्ता रहेको उनले बताए । त्यस्तै भागबण्डा नमिलेकै कारण जिल्लाको अधिकांश स्थानीयहतहका मेयर र उपमेयरबीच विवाद हुने गरेको समेत उनले बताए । मेयर र उपमेयर विच विवाद हुनुको मुख्य कारण नै भागबण्ड रहेको बताउँदै उनले नगर प्रमुख र उपप्रमुख विच हुने गरेको विवादको प्रत्यस असर कर्मचारी र आम नागरिकलाई पर्ने गरेको बताए । मेयर र उपमेयर विच कुरा नमिलेकै कारण अझै नगरसभा हुन नसक्दा फतुवा विजयपुर नगरपालिकाको विकास निर्माणको कामकाज प्रभावित हुनुको साथै नगरका कर्मचारी, शिक्षक, स्वाथ्यकर्मी, करार लगाएतका कर्मचारीहरु साउनयता अहिलेसम्म पनि तलवभत्ता खान नपाएको उहाँले दुखेसो गर्नुभयो । पmतुवा विजयपुरको मेयर र उपमेयर विच रहेको विवाद सल्टाई चाडै नगरसभा गराउन आफु पहल थालेको उहाँले बताउनुभयो । नगरमा विकास गर्नुको सटा मेयर र उपमेयर आफैमा जुधिरहेका कारण रौतहटमा विकास निर्माणको कामले गति लिन नसकेको उहाँको ठम्याई छ । यहाँ मेयर र उपमेयर एक पार्टिको नभई अन्य पार्टिको रहेका कारण पनि उनिहरुबीच भागबण्डामा कुरा नमिल्ने गरेको उहाँको भनाई छ । नगरलाई विकसीत र समृद्ध बनाउनुपर्ने र जनताको काम गर्नुपर्नेमा मेयर र उपमेयरहरुको पार्टिगत मात्र हेर्ने परिपाटिको कारण विकासको काम प्रभावित भएको उनले बताए । विवाद सल्टाउन आफुले बोलाउँदा मेयर र उपमेयरहरु समय नै नदिने गरेको भएपनि उनिहरुबीचको विवाद मिलाउन आफु प्रयासरत रहेको उनले बताए । समन्वय समितिका उपसभापति यादवले भने मेयर उपमेयर समयमा नआँउने, आए पनि विवाद सुलझाउनुको सटा भागबण्डामै अडकिने गरेको हो । एक अर्को प्रसंगमा समन्वय समितिका उपसभापति राम बशिष्ट यादवले रौतहटको नदिबाट बालुवा, गिटि र ढंगा उत्खन्नमा प्रतिबन्ध लगाईएको र अबदेखी कसैले पनि नदिबाट अबैध उत्खन्न गरेको पाईएमा कडा कार्यवाही गर्ने चेतावनी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *