
बिराटनगर, ३ फागुन । समाजवादी पार्टी प्रदेश नं १ अन्तर्गत आइतबारबाट जिल्लास्ततीय विसु अभियान सुरु भएको छ । मोरङको विराटनगरमा आइतबार मोरङ जिल्लास्तरीय विसु अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् । कार्यक्रममा विसु अभियानका लागि जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएका नेताहरु, जिल्ला समिति, जनवर्गीय संगठनका नेताहरु लगायत पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको समाजवादी पार्टी मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए । कार्यक्रम सोमबारसम्म चल्ने छ ।
Facebook Comments