
प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरुको बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको ६१ हफ़्ता आज शनिबार सीता चौक तरकारी बजार वरिपरि सरसफाई गरियो । सरसफाईमा N pabson अध्यक्ष अबधेश तिबारी,जानकी मेमोरियल प्रिंसिपल दीपेन्द्र चौधरी, चाइल्ड केअर स्कूलका प्रिंसिपल अमन यादव,शिव शारदा स्कूल प्रिंसिपल सुजीत मिश्रा,लगायत चाइल्ड केअर स्कूलका विद्यार्थी, युवा रवी मंडल,आदित्य ठाकुर,अमित साह, पप्पू यादव ,एवं जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियाणको सम्पूर्ण अभियन्ता,स्थानीय टोलबासी,बुद्धिजीवि सहित सरसफाई अभियन्ता,पत्रकार,नागरिक समाजको उपस्थिति थियो, साथै रेलवे ट्रैक सरसफाई अभियाणमा आफ्नो स्कूलको विद्यार्थीलाइ सहभागी गराउनु भएका चाइल्ड केअर स्कूलका प्रिंसिपल अमन यादव लाइ बिशेष धन्यवाद, रेलवे ट्रैक सरसफाई कार्यक्रमको समंबय मिथि फाउंडेशन र Social Empowerment and welfare Association(SEWA) संस्था र संस्थाको प्रतिनिधि द्वारा गारिएको थियो।
Facebook Comments