Loading...
मेयर यादवले आफुखुसी ल्याएको अधिकृत आलम आफुलाई स्वीकार्य छैन ः उपमेयर रंगिला देवी

ओम प्रकाश यादव फाल्गुण ४ गते, रौतहट रौतहटको गरुडा नगरपालिकाकी उपमेयर रंगिला देवी जयसवालले नगरका निमित प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलम आफुलाई स्वीकार्य नरहेको बताएकी छिन । आलम दुईसाता अघि मात्रै गरुडा नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । मेयर ईनु राय यादवले आफनो असहमतीको बावजुद आफना मनपरी ढंगले आलमलाई नगरपालिकाको हाकिम बनाएको उपमेयर जयसवालले आरोप लगाएकी छिन । नगरपालिकामा उप सचिवको दरबन्दी रहेपनि मेयर यादवले उप सचिवलाई नल्याएर आफनो व्यक्तिगत फाईदाको लागि निमिति प्रशासकिय अधिकृत मुस्ताक आलमलाई ल्याएको उपमेयर रंगिला देवी जयसवालले बताईन । खानेपानी डिविजन कार्यालय गौरमा ईन्जीनीयरको रुपमा कार्यरत आलमलाई नगरपालिकाको प्रमुख हाकिम बनाईएकोमा आलमलाई आफुले कुनै पनि हालम स्वीकार्य नगर्ने उनले बताईन । उपप्रमुख जयसवाल हालका अधिकृत आलमलाई हटाएर प्रमुख प्रशासकिय अधिकृतमा उप सचिवलाई ल्याउन माग गरेकी छिन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *