Loading...
फतुवा विजयपुरको नगरसभा १० गते हुँदै, मेयर गोपालले एकलौटि रुपमा नगरसभा गरेको आरोप

ओम प्रकाश यादव फाल्गुण ४ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुने भएको छ । फतुवा विजयपुर नगरपालिकाको नगरसभा आउँदो फाल्गुण १० गते हुने निश्चित भएको छ । गत पुस ११ गते पनि फतुवा विजयपुरको नगरसभा भएको थियो । तर उपमेयर लगाएत केहि कार्यपालिका सदस्यहरुले आफुहरुको असहमतिको बावजुत मेयर गोपाल यादवले एकलौटि रुपमा नगरसभा गरेको आरोप लगाउँदै उक्त नगरसभा रद्द गर्न माग गर्दै उच्च अदालत विरगंजमा रिट दाएर गरेको थियो । नगरसभा रद्द गर्न उच्च अदालतमा रिट परेपछि रिट परेको केहि दिनमै उच्च अदालत विरगंजले उक्त नगरसभा खारेज गरी अर्को नगरसभा यहि फाल्गुण मसान्त भित्रमा गर्न आदेश दिएको थियो । अदालतको त्यही आदेश अनुसार मेयर गोपाल यादवले यहि फाल्गुण १० गते अर्को नगरसभा गर्न लागेको बताउनुभएको छ । फाल्गुण १० गते हुने नगरसभामा सहभागी हुनको लागि उपमेयर र वडा अध्यक्ष लगाएत सम्पूर्ण कार्यपालिका सदस्यहरुलाई परिपत्र गर्ने काम भईरहेको मेयर यादवले बताउनुभयो । कार्यपालिका सदस्य मध्येका ८ जनाले मेयर यादवले दिएको परिपत्र लिन मानेका छैनन । उपमेयर कान्ती देवी महतो, वडा नं १ का वडा अध्यक्ष संजय साह, वडा सदस्य गगंजली देवी, रुपनारायण मुखिया, दिपलाल राय यादव, वडा नं १० को वडा सदस्य जेन्जे लामा, सुनिता महतो र वडा नं ८ का कार्यपािलका सदस्य सुन्दरीया माँझीले परिपत्र बुभmन नमानेको बताईएको छ । मेयर यादवले कार्यपालिकाको बैठक नै नबसाई एकलौटि रुपमा नगरसभा गर्न लागेकोले आफुहरु परिपत्र फिर्ता गरिदिएको असन्तुष्ट कार्यपालिका सदस्यहरुले बताएका छन । त्यस्तै नगर उपप्रमुख कान्ती देवी महतोले पनि मेयर गोपाल यादव आफुलाई कुनै जानकारी नै नदिई नगरसभा गर्न लागेको बताएकी छिन । मेयर यादवले विना कार्यपालिकाको बैठक बसाई फेरी आफु खुसी गर्न लागेको नगरसभा आफुलाई स्वीकार्य नरहेको उपमेयर कान्ती देवीले बताईन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *