Loading...
उपमेयर अधिकार संरक्षण समिति गठन, बाध्य भएर संरक्षण समिति गठन – अध्यक्ष अंसु सिंह

ओम प्रकाश यादव पmागुण ४ गते । रौतहटमा उपमेयर अधिकार संरक्षण समिति गठन गरिएको छ । जिल्लाको राजदेवी नगरपालिकाकी उप प्रमुख अंसु सिंहको अध्यक्षतामा १८ सदसीय उपमेयर अधिकार संरक्षण समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिको उपसभापति राम बशिष्ट राय यादवको अध्यक्षतामा समन्वय समितिको सभाहल गौरमा आज भएको उपमेयरहरुको भेलाले उपप्रमुख सिंह अध्यक्ष रहने गरी अधिकार संरक्षण समिति गठन गरेको हो । सरकारले आफुहरुलाई संविधान मार्फत अधिकार दिएपनि मेयरहरुले आफुहरुको अधिकार दिनबाट बञ्चित गरेकोले बाध्य भएर आफुहरु संरक्षण समिति गठन गरेको अध्यक्ष अंसु सिंहले बताईन । मेयरहरु आफुहरुको अधिकार खोसेपछि बाध्य भएर आफनो अधिकार प्राप्तिको लागि यो समिति गठन गर्नुपरेको उनले बताईन । उपप्रमुख सिंहको अध्यक्षतामा गठन गरिएको समितिको सदस्यहरुमा जिल्लाका सम्पूर्ण स्थानीय तहकी उपप्रमुखहरु सदस्य रहेको बताईएको छ । सो अवसरमा गौर, माधवनारायण, फतुवा विजयपुर, गरुडा, गढिमाई, बौधिमाई लगाएतका नगरपालिकाकी उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *