Loading...
फाल्गुण ६ गते मौलापुरमा यी भोजपुरी र नेपाली कलाकारहरुको बेजोड प्रस्तुती हुँदै

ओम प्रकाश यादव फाल्गुण ४ गते, रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाको मौलापुर पतौरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञ २०७६ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक मौलापुर नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । केहि दिन अघि उत्खननको क्रममा मौलापुर नगरपालिका–५ पतौरामा धेरै पुरानो कर्नाटकालीन मन्दिरको रुपमा शिवको मन्दिर फेला परेको थियो । कर्नाटकालीन एवं पुरातात्विक मन्दिर फेला परेको अवसरमा रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको विशेष पहलमा मौलापुर नगरपालिकाले उक्त मन्दिरको प्राङ्गणमा फाल्गुण ५ र ६ गते ठुलो मधानी महायज्ञ र भव्य साँस्कृतिक कार्यक्रमको पनि आयोजना गर्दैछ । आयोजित पत्रकार सम्मेलनमा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साहले महायज्ञमा विशेष पुजा गर्नको लागि फाल्गुण ६ गते राष्ट्रपति विद्यादेवी भण्डारी आउने जानकारी दिनुभएको छ । फागुन ६ गते राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ । रौतहटका कलाकार विजय यादव निर्विजको आग्रह र संघिय सांसद प्रभु साहको विशेष पहलमा भारत र नेपालका ख्याति प्राप्त कलाकारहरु रौतहट आउन लागेका हुन । यज्ञको अवसरमा फाल्गुण ६ गते हुने भव्य साँस्कृतिक कार्यक्रममा आफना सान्दार प्रस्तुति दिनको लागि भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली, गायक सुनिल पंडित तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतील लगाएतका कलाकारहरु आउने कार्यक्रम तय भएको रौतहटका चर्चित कलाकार विजय यादव निर्विजले जानकारी दिनुभयो । कार्यक्रममा कलाकारहरु दुई चरणमा प्रस्तुती दिने कलाकार यादवले बताउनुभयो । पहिलो चरणमा मंगलावर विहान ११ बजेदेखी दिउँसो २ बजेसम्म र दोश्रो चरणमा बेलुका ७ बजेदेखी सञ्चालन हुने साँस्कृतिक कार्यक्रममा भोजपुरी फिल्मका नायक दिनेशलाल यादव निरहुआ, नायीका अम्रपाली दुबे, सोनाली सहितका नेपाल भारतका सम्पूूर्ण कलाकारहरु प्रस्तुती दिने कलाकार विजय यादव बताउनुभयो । कार्यक्रमको लागि पतौरा स्थित भव्य स्टेजको निर्माण गरिएको छ भने दर्शकहरुको लागि पनि बस्ने व्यवस्था मिलाईएको छ । सम्पूर्ण कलाकारहरुलाई विना कुनै टिकटको निशुल्क हेर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । भारत र नेपाल दुबै देशको चर्चित कलाकारहरु एउटै स्टेजमै बेजोड प्रस्तुती दिने भएकोले यस कार्यक्रममा ठुलो भन्दा ठुलो संख्यामा उपस्थित हुन कलाकार यादवले आग्रह गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *