Loading...
राष्ट्रपति भण्डारी रौतहट आउनु हुँदै, कुमार सानु देखि नेपाली कलाकारहरुको विषेश प्रस्तुती

ओम प्रकाश यादव, फागुन ६ गते, रौतहट । राष्ट्रपति विद्ययादेवी भण्डारी आज रौतहट आउन लागेकी छिन । रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरमा हुने मधानी महायज्ञमा विषेश पुजा गर्न राष्ट्रपति भण्डारी आज विहान ११ बजे रौतहट आउन लागेकी छिन । राष्ट्रपति भण्डारी रौतहट आउन लागेपछि विहानै देखी यहाँका सुरक्षा व्यवस्था काडा बनाईएको छ । मौलापुर नगरपालिकाले वडा नं ५ पतौरामा फेला परेको धार्मिक एवं पुरातात्विक महादेव मन्दिरको प्रांगनमा रौतहटमै पहिलो पटक सबभन्दा ठुलो मधानी महायज्ञको आयोजना गरेको छ । महायज्ञमा आजै स्वदेशी तथा विदेशी लोकप्रिय कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । साँस्कृतिक कार्यक्रममा आफनो बेजोड प्रस्तुती दिन हिन्दी चलचित्रका गायक कुमार सानु, भोजपुरी फिल्मका चर्चित नायक दिनेश लाल यादव निरहुआ, नायीका अम्रपाली दूबे, गायीका ईन्दु सोनाली, सुनिल पंडित र नेपाली कलाकार निखिल उप्रेती, केकी अधिकारी सहितका थुप्रै कलाकारहरु आज पतौरा आउन लागेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *