Loading...
स्वार्थ पुर्ति नहुँदा उपमेयर जयसवाल कार्यालय प्रमुखको विरोध गर्न थालेको मेयर यादवको आरोप

ओम प्रकाश यादव, फागुन ७ गते, रौतहट ।

रौतहटको गरुडा नगरपालिकाका मयेर इन्नु राय यादवले आफना निजि स्वार्थ पुरा नभएपछि उपमेयर रंगिला देवी जयसवालले कार्यालय प्रमुखको विरोध गर्न थालेको बताएका छन ।

विगत करिब तिन महिना देखि कार्यालय प्रमुख विहीन रहेको अवस्थामा उपमेयर जयववालसँगको सहमतिमै कार्यालय प्रमुखको रुपमा मुस्ताक आलमलाई ल्याएको मेयर यादवले बताएका हुन ।

कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका निमित प्रमुख प्रशासकिय अधिकृत आलम कार्यालय आउँदा उपमेयर जयसवालले आलमलाई फुलमाला एवं दोसल्ला ओढाएर सम्मान गर्दै स्वीकार गरेकी थिईन तर अहिले आएर आफनो केहि निजि स्वार्थ पुरा नभएपछि उपमेयर रंगिला देवी जयसवालले विभिन्न बहाना बनाउँदै आफुलाई कार्यालय प्रमुख स्वीकार नरहेको भन्दै विरोध गर्दै हिडेको नगर प्रमुख ईनु राय यादवले बताउनुभयो ।
सरकारले संविधान मार्फत दिएको एन कानुनको आधारमा आफु र कार्यालय प्रमुख आलम कार्यालय सञ्चालन गर्दा उनलाई मन नपरेको उनले बताए ।
गरुडा नगरपालिकाका नगर प्रमुख यादवले उपमेयर जयसवाल आफनो निजि स्वार्थ पुरा गर्नको लागि नै आफना अनुकुल र आफनो कुरा मान्ने कर्मचारीको माग गर्न थालेको बताउनुभयो ।

उपमेयर जयसवालले उपसचिवको माग देखाउटीको लागि मात्रै गरेको तर आफुलाई प्याक पर्ने जुनसुकै तहको कर्मचारी भएपनि उनलाई पुग्ने मेयर यादवले बताउनुभयो ।

नगरपालिकामा उपसचिव वा शाखा अधिकृत जो आए पनि नियम र कानुन भन्दा माथी गए आफुले कुनै सर्तमा स्वीकार नगर्ने समेत मेयर यादवले बताए ।

यसैविच मेयर यादवले नगर उपप्रमुखको नगरको विकास प्रति कुनै ध्यान नदिई कर्मचारीकै मात्र पछि लागेको समेत बताएका हुन ।

नगरपालिकाको विगतमा अलपत्र रहेका कार्यक्रम संचालन गर्नका लागि यहि फागुन २१ गतेको लागि चौथो नगरसभाको सुचना प्रकाशित नगर कार्यपालिकाको बैठक बोलाउँदा उपमेयर बैठकमा सहभागी भएपनि कुनै ठोस निष्कर्ष ननिस्किदै बैठकबाट बाहिरीनुले विकास कार्य प्रति उपमेयर जयसवाल संवेदनशिल नभएको नगर प्रमुख यादवले आरोप समेत लगाउनुभयो ।

यता नगर उपप्रमुख जयसवालले नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोले उपसचिव नै ल्याउनुपर्ने माग गरेकी छिन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *