Loading...
गरुडा नगरपालिकाको चौथो नगरसभा २१ गते हुँदै, १४ गते नगर कार्यपालिकाको बैठक बस्ने

ओम प्रकाश यादव, फागुन ७ गते, रौतहट । रौतहटको गरुडा नगरपालिकाको चौथो नगरसभा यहि फाल्गुन २१ गते हुने भएको छ ।

नगर प्रमुख ईनु राय यादवले नगरको चौथो नगरसभा आउँदो फाल्गुण २१ गते आहवान गरेका छन । नगरको आर्थिक वर्ष २०७६÷७७ को आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गर्न फागुन २१ ग्ते नगरसभा गर्न लागेको मेयर यादवले बताएका हुन ।

नगरसभाको लागि विभिन्न मितिमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरिएको मेयर यादवले बताए ।
करका दरहरु र आन्तरिक आय विशलेशन र वडा तथा क्षेत्रगत बजेटको सीमा निर्धारण गर्न फाल्गुन ९ गते नगर कार्यपालिकाको बैठक राख्ने निर्णय गरिएको छ भने बजेट तथा कार्यक्रम पास गर्न फाल्गुन १४ गते नगर कार्यपालिकाको बैठक बस्ने छ ।

त्यस्तै नगरसभाको लागि आवश्यक पर्ने तयारी एवं प्रकृया पुरा भएपछि २१ गते नगरसभा हुने बताईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *