Loading...
राज्य मन्त्री योगेन्द्र यादवको निमन्त्रणामा प्रदेश २ का मुख्यमन्त्री राउत माधोपुर आउँदै

ओम प्रकाश यादव
फागुन ७ गते, माधोपुर ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रौतहट आउने भएका छन । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको निमन्त्रणामा मुख्यमन्त्री राउत यहि फाल्गुन ११ गते रौतहटको माधोपुर आउन लागेका हुन ।
राज्य मन्त्री यादवको सरक बचाउ विकास कराउ अभियान अन्तर्गत फागुन ११ गते माधोपुर बजारमा आयोजना हुने सरसफाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री लालबाबु राउत रौतहट आउन लागेका हुन ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नं १ पिपरा स्थित सामुदायिक भवनमा आज आयोजित समाजवादी पार्टिको संगठन विस्तार तथा सुदृढिकरण विसु अभियान अन्तर्गत क्षेत्र स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले माधोपुरमा आउँदो ११ गते हुने सार्वजनिक स्थल एवं सडकहरुको सरसफाई कार्यक्रमलाई सफल पार्न मुख्यमन्त्री राउत आउने बताएका छन ।
फाल्गुन ११ गते आईतवारका दिन माधोपुर बजार सहित वरपरका सडक, सार्वजनिक स्थल एवं धार्मिक तथा एतिहासिक पर्यटकीय स्थलहरुको सरसफाई गरिने कार्यक्रम रहेको मन्त्री यादवले बताए ।
मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यमा हुने सरसफाई कार्यक्रममा ठुलो संख्यामा सहभागी भई कार्यक्रमलाई सफल एवं भव्य बनाउन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई राज्यमन्त्री यादवले आग्रह गर्नुभयो ।
पार्टिका नेता एवं प्रदेश सांसद किशोरी यादवको प्रमुख आतिथ्य तथा प्रदेश सांसद एवं मन्त्री योगेन्द्र यादवको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य रेवन्त झा, पूर्व सांसद बबन सिंह, पार्टिका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, राजदेवी नगरपालिकाकी उपप्रमुख अंसु सिंह लगाएतका सयौ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको मन्त्री यादवका विकास प्रतिनिधि राम नरेश यादवले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *