Loading...
मंत्रीज्यू तत्काल समस्या समाधान गर्नुस, अन्यथा बाध्य भएर सडक आन्दोलन जान्छौ – शिक्षक

शहबाज खान, कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने बिद्यालयका प्र. अ. र अन्य शिक्षकहरुले आज बिहान १० बजेदेखि १२ बजे सम्म नगरपालिका कार्यलयमा ताल्चा लगाएर २ घण्टासम्म कामकाज ठप्प गरेर नगर प्रमुख लाई ज्ञापन पत्र बुझाए । कृष्णनगर नगरपालिकामा प्रशासकीय अधिकृत तथा लेखा अधिकृतको पद रिक्त रहेकोले शिक्षाको क्षेत्रमा दिव खाजा कार्यक्रम बिद्यालयहरुको भौतिक पूर्वाधारको कार्यक्रम लगायत बिद्यालय कर्मचारी तथा शिक्षकहरुका चौमासिक तलब भत्ता समेत निकासा नभएको हुँदा शिक्षा क्षेत्रमा ठूलो नकारात्मक प्रभाव परेको छ। सम्बन्धित मंत्रालयका मंत्रीज्यूसँग अनुरोध गर्दै तत्काल समस्या समाधान गरी बिकासको गति अगाडी बढाई दिनुहोला अन्यथा बाध्य भएर हामी सम्पूर्ण नगरवासी शिक्षक तथा बिद्यार्थीहरु सडक आन्दोलनमा जादा पठनपाठनमा समेत प्रभावित हुने कुरा नगर शिक्षा समितिका सदस्य प्रदीप कुमार सिंहले बताए । त्यसको समर्थन राष्ट्रीय शिक्षक संघका नगर अध्यक्ष प्रहलाद प्रसाद पाण्डेय, शिक्षक पेशागत महासंघका नगर अध्यक्ष जय प्रकाश चौधरी लगायत बिभिन्न बिद्यालय बाट आएका शिक्षकहरु समेत गरेका थिए । नगरपालिकाको चौतर्फी बिकास, समृद्धिको लहर र जनताहरुको नगरपालिकाप्रति बिश्वासको साथै नगरप्रमुख उपप्रमुख लगायत जनप्रतिनिधीहरुको कार्यशैलमाथि जनताको पूर्ण सहमति र समर्थन रहेको बिपक्षी दलका नेताहरु देखेर पचाउन नसकेर सम्बन्धित मंत्रालयको मंत्रीसंग भेटेर नगरपालिकाको बारेमा झूठो खोक्रो अविश्वासनीय कुरा गरेर नगरपालिका को बिकाश गति लाई रोकी जनता को बिचमा नगरपालिका र जनप्रतिनिधी प्रति भ्रम फैलाउनको लागि मात्रै कृष्णनगर नगरपालिकामाथि पटक पटक प्रहार गरिरहेको नगरप्रमुख रजत प्रताप शाहले बताएका छन। चौमासिक तलब भत्ता निकासा नभयेको ले कार्यलय सहयोगी देखि बिभिन्न कर्मचारीहरुले हामी संग पटक पटक गुनासो जनाउदै छन शिक्षा, स्वास्थ्य कृषिको कार्यक्रमहरु पनि संचालन भयो आर्थिक निकासा रुकेकोले अगाडी आर्थिक कामकाज गर्न असजिओ भएको छ। सम्बन्धित मंत्रीज्यू संग पटक पटक भेटेर नगरपालिकाको आर्थिक कारोबार समस्या बारेमा अवगत समेत गराई सके का छू तर पनि मंत्रीज्यूले आज सम्मा कर्मचारी पठाकै छैन्न। केही सत्तापक्षका चम्चाहरुको भनाई थियो कि कृष्णनगर नगरपालिकामा कुनै पनि कर्मचारी जानतैयार छैन्न फेरी मैले ६ जना कर्मचारी को नाम मान्नीय मंत्रीलाई लेखेर दिएका छू ति कर्मचारीहरु आउन तैयार छन। मंत्रीले अहिलेसम्मा हामि लाई अश्वासन मात्रै दिएको गुनासो जनाउदै भने यदि सम्बन्धित मंत्रालयले समयमा कर्मचारी पठाएन भने कर्मचारी जनता बिद्यार्थीहरुद्वारा ठूलो आन्दोलन हुने सम्भावना देखिरहेको छ। म यहा का जनता कर्मचारी बिद्यार्थीहरुको भावनालाई बूझी पहिला नै अवगत गराउन चाहन्छु भनेका थिए । उता कृष्णनगर नगरपालिकाका नगर उपप्रमुखका सल्लाहकार तुफेल अहमद खां संग कुरा गर्दा खां को भनाईनुसार कि म स्वांयम सम्बन्धित मंत्रालय मंत्री संग भेटी नगरपालिकाको लागि प्रशासकिय अधिकृत तथा लेखा अधिकृत पठाउनको लागि अनुरोध गर्दै आउन तैयार रहेको कर्मचारीहरुको नाम समेत दिए र आएका छू तर पनि अहिले सम्मा मंत्रालयबाट कुनै कर्मचारी आएनन्। मान्नीय मंत्री ज्यू ले कर्मचारी पठाउनको लागि अश्वासन मात्रै दिएको तर यता कर्मचारीहरुले आज नगरपालिका मा ताल्चा लगाई चेतावनी समेत दिई रहेका छन्। यदि कर्मचारी र जनताहरुको समयमा कामकाज र तलब भत्ता निकासा भयेन भने जनप्रतिनिधि माथि ढुङ्गा मुढा गरि ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्। कुनै किसीम को अप्रिय समस्या ना आओस र शान्तिपूर्ण किसिमल् नगरपालिकाको काम काज संचालन गर्नामा सहयोग पुराउनको लागि मंत्रीसंग खांले अनुरोध समेत गर्न चाहेको बताएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *