Loading...
युवा नेता राजकुमार दास दोश्रो पटक व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित

ओम प्रकाश यादव फागुन १२ गते, रौतहट । समाजवादी पार्टिका युवा नेता राजकुमार दास आज दोश्रो पटक एक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता दास सर्वसहमतिले चएन भएका छन । विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा आज बसेको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा पूर्व शिक्षक समेत रहेका राजकुमार दासलाई चएन गरेको हो । युवा नेता दासको अध्यक्षतामा ७ सदसीय व्यवस्थापन समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा बसन्त ठाकुर, कुसुम देवी यादव, अमिता कुमारी देवी लगाएतलाई सर्वसहमतिले चएन गरिएको छ । नेता दास तिन वर्ष अघि पनि मावि नयाँ गम्हरीया श्रीपुरको व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो । यसभन्दा अघि श्रीपुर विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता दास आजदेखी दोश्रो पटक उक्त विद्यालयको व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *