Loading...
वास्तविक किसानलाई नभई पहुँच वालालाई अनुदान दिने निर्णयप्रति समाजबादीको बिरोध

निरहु यादव कपिलबस्तु, फागुन १६ कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्भ नारायण पौडेललाई समाजवादी पार्टी जिल्ला समन्वय समिति कपिलबस्तुले आज ज्ञापन पत्र बुझाएको छ । कृषि प्रधान देशमा कृषि पेशा व्यवसायमा आश्रित यस मुलुकलाई समृद्ध गर्न नेपाल सरकारले किसानलाई सबल र समृद्ध बनाउनको निम्ति प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना तरकारी जोन कार्याक्रम मार्फत यस कपिलबस्तु जिल्लाको तरकारी कृषकहरुलाई मलखाद, बीउबिजन एवम् कृषि यन्त्र उपकरणमा अनुदान मार्फत सहयोग गर्ने लक्ष्य लिएको छ ।

जिल्लामा तरकारी जोन संचालक समितिको विहिबार वसेको बैठकबाट जिल्लाको वस्ताविक तरकारी किसानलाई अनुदान दिने निर्णयको बेवास्ता गरी समितिमा बसेको सदस्य एवम् पदाधिकारीहरले प्रत्येक वर्ष आफ्नो वा आफ्ना घर परिवारको सदस्यहरुको नाममा अनुदान कार्यक्रम लिने, एउटै व्यक्ति वा समुहले एक भन्दा बढी कार्यक्रम लिने र वास्तविक किसानलाई वेवास्ता गरी निर्णय गरेकोमा समाजवादी पार्टीको घोर विरोध रहेको ज्ञापन पत्रमा उल्लेख छ । बैठकमा हाम्रो पार्टीको प्रदेश सदस्य एवम् तरकारी जोन संचालक समितिको सदस्य संदिप कुमार पाण्डेयले विरोध जनाउदै निर्णयको प्रतिलिपि माग गर्ने क्रममा निर्णयको प्रतिलिपि समेत नदिएको सो कार्यालयको प्रमुख एवम् समितिका पदाधिकारीद्वारा अभद्र व्यवहार गरिएको प्रति खेद प्रगट गर्दछौं तसर्थ यस कार्यक्रम अन्तृगत रहेको उचित किसानहरुको अनुगमन गरी विधि प्रकृया पुर्याई अनुदान वितरण गर्नको लागि माग गर्दै सो ज्ञापन पत्र बुझाएका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *