Loading...
छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या, डिएस्पी महतोको सक्रियतामा आरोपी पक्राउ

ओम प्रकाश यादव गरुडा, फागुन १७ गते । रौतहटमा गएराति एक जना युवकको हत्या भएको छ । कटहरिया नगरपालिकाको जमुनियामा आफनै छिमेकीले गरेको छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । स्थानीय शेख मुस्ताक आलमले गरेको छुरा प्रहारबाट कटहरिया नगरपालिका वडा नं २ जमुनियाका २० वर्षिय शेख अब्दुल खैरको मृत्यु भएको छ । पानी तान्ने मोटरको विषयमा विवाद हुँदा राति ८ बजे २५ वर्षीय शेख मुस्ताक आलमले छिमेकी अब्बदुल खैरको छातिमा छुरा हानेर हत्या गरेका हुन् । छिमेकी खैरको छुरा प्रहार गरी हत्या गर्ने आलमलाई ईलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्ष ज्ञान कुमार महतोको कमाण्डमा खटि गएको प्रहरी टोलीले हत्याका आरोपी आलमलाई शनिवार विहान २ बजे कटहरिया नगरपालिका वडा नं ९ डुमरीया स्थितबाट तरहारी नदिको पुलमुनी लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । डिएस्पी महतोको सक्रियतामा आरोपी आलम घटनाको २ घण्टामै पक्राउ परेका छन । प्रहरी नायव उपरीक्षक महतोले शनिवार विहान १० बजे ईलाका प्रहरी कार्यालय गरुडामा पत्रकार सम्मेलन गरेर पक्राउ परेका आलमलाई सार्वजनिक गर्नुभएको छ । पक्राउ परेका आलम हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । घटनामा संलग्न छिमेकीहरु ३० वर्षिय शेख अमिरुल हक र २० वर्षिय अलि एमाम फरार रहेको तथा उनिहरुको खोजी कार्य भइरहेको गरुडाका प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । प्रहरी नायव उपरीक्षक महतोका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलममाथी नै लागेको थियो । आफुमाथी मोटर चोरीको यति ठुलो आरोप लगाएको भन्दै रिस साध्न मुस्ताक आलम अब्दुल खैरको ज्यान मार्ने योजना बनाएको थियो । अब्बदुलको हत्या गर्ने योजनाका साथ आलम राति आफना छरबाट छुरा लिएर अब्बदुललाई खोज्दै जाँदा हँथियाही स्थित सडकमा दुबैजनाको भेट भएको थियो । मोटर चोरीमा नाम लगाउने बिषय लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट समेत भएपछि आक्रोसित मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको छातीमा नै प्रहार गरेको थियो । छुरा प्रहारबाट गम्भिर घाईते भएका खैरलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *