Loading...
१ जनाका लागि संविधान संशोधन नगर्न सरकारलाई आयो साहसी नेता दासको यस्तो चेतावनी

ओम प्रकाश यादव फागुन १७ गते । नेपाल कम्युनिष्ट पार्टि नेकपा नेतृत्वको सरकारले सडयन्त्रपूर्ण एक व्यक्ति विशेषको लागि गर्न लागेको संविधान संशोधन आफुहरुलाई कुनै पनि शर्तमा मान्य नहुने समाजवादी पार्टिका युवा नेता राजकुमार दासले चेतावनी दिएका छन । रौतहटबाट प्रतिनिधित्व गर्ने समाजवादी पार्टिका एक साहसी नेताको रुपमा चिनिने राजकुमार दास प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न लागेको आरोप लगाएका छन । रौतहटको गरुडामा आज पत्रकारहरुसँगको भेटघाटको क्रममा युवा नेता दासले व्यक्ति विशेषको लागि संविधान संशोधन गरे आफुहरुले कुनै पनि हालतमा त्यसलाई स्वीकार नगर्ने बताउनुभयो । संविधान संशोधनकै लागि संविधान जारी भएदेखीनै भएको विभिन्न आन्दोलमा सयौ मधेशीले ज्यान गुमाएपनि संविधान संशोधन गर्न नसकेको सरकार अहिले बहुमतको आडमा एक जनाको व्यत्तिगत स्वार्थ पुर्तिको लागि संविधान संशोधन गर्न लाग्नु सरकारको यो तानासाही प्रवृति देखिएको युवा नेता दासले बताए । समाजवादी पार्टिका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले केहि दिन अघि संविधान संशोधनको प्रस्ताव लिएर जाँदा सिधै अस्वीकार गर्ने प्रधानमन्त्री ओली अहिले आएर व्यक्ति विशेषको लागि संविधान संशोधन गर्न लाग्नु ठिक नभएको नेता दासले बताए । हजारौ मधेशी जनताको भावना विपरीत सरकारले बलजवरजस्ती संविधान संशोधन गरे आफुहरु चुप लागेर नबस्ने नेता दासले चेतावनी दिए । एक अर्को प्रसंगमा समाजवादीका नेता दासले सरकारको एक पछि अर्को काण्ड बहिरिनुले नेकपा नेतृत्वको सरकारबाट जनता दिन प्रतिदिन निराश हुँदै गएको बताएका छन । पहिला ३३ किलो सुन काण्ड, निर्मला बलात्कार काण्ड, वाईडबडी जस्ता काण्डबाट बदनाम भएको ओली सरकार पछिलो समय महरा र गोकुल बास्कोटा काण्डले झन बदनाम भएको उनले बताए । देशमा विकास गर्नुको सटा ओली सरकारका मन्त्रीहरु नै एक पछि अर्को नयाँ नयाँ काण्डहरुमा फस्दै गएपछि ओली सरकारमाथी जनताको विश्वास पनि घटदै गएको उनले बताए । नेता दासले भन्ने एका तर्फ नेकपाको सरकार देशलाई समृद्ध र विकसीत बनाउँछु भन्ने कुरा गर्छन र अर्को तर्फ सरकारको मन्त्री नै ७० करोड घुस खान सेटिंग मिलाउन लागेका छन यसरीमा कसरी देश समृद्ध र विकसीत हुन्छ, देश बनाउँछु भन्नेले नै भ्रष्टाचारमा लिप्तछन त कसरी देश बन्छ उनले भने । देशलाई समृद्ध र विकसित बनाउन अब समाजवादी पार्टि नेतृत्वको सरकारको विकल्प नरहेको समेत उनले बताए । भ्रष्टाचार गर्ने र गराउने मन्त्री, नेता वा जोसुकै भएपनि उनिहरुलाई कार्यवाही नभएसम्म देश समृद्ध नहुने कुरामा नेता दासले जोड दिनुभयो । आफना विभिन्न अभिव्यक्तिका कारण आलोचित बन्दै आएका प्रधानमन्त्री ओलीले पछिलो समय आफना जन्मदिन मनाउने क्रममा नेपालको नक्सा अंकित केक काटेका कारण आलोचित बन्नेको नेता दासको भनाई छ । केकमा देशको नक्सा बनाई काटनु, नेपाली आमालाई काटनु सरह भएकोले प्रधानमन्त्री ओली केक हैन नेपाली आमालाई नै काटेर देशलाई टुक्रा बनाएको नेता दासले टिप्पणी गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *