
ओम प्रकाश यादव फागुन १७ गते, रौतहट । प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबुको निर्वाचन क्षेत्र भित्र गत वर्ष निर्माण कार्य शुरु भई अधुरा रहेका भौतिक संरचनाको निर्माण कार्य यस वर्ष पुरा हुने भएको छ । प्रदेश सांसद फुलबाबुको रौतहट क्षेत्र नं ४ ख विधान सभा अन्तर्गत गत वर्ष विभिन्न विद्यालयमा सरस्वती मन्दिर, मठ मन्दिर एवं मस्जिद निर्माण कार्य भएको थियो तर असाढ मसान्त सकेको कारण उक्त कार्यहरुको निर्माण कार्य पुरा नभई अधुरा नै रहेको थियो । अधुरा रहेको भौतिक पूर्वाधार निर्माणको काम यस वर्ष पुरा हुने प्रदेश सांसद फुलबाबुले बताउनुभएको छ । विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबुको संसदीय विकास कोषबाट गत वर्ष निर्माण कार्य शुरु भई अधुरा रहेको माध्यमिक विद्यालय समनपुर र माध्यमिक विद्यालय गरुडाको सरस्वती मन्दिर, समनपुरको हनुमान मन्दिर र सिसवाको राम मन्दिर निर्माणको कार्य यस वर्ष पुरा हुने समाजवादी पार्टिका युवा नेता राजकुमार दासले जानकारी दिनुभयो । गत वर्ष अधुरा रहेका सम्पूर्ण भौतिक संरचनाको निर्माण कार्य यस वर्ष आफनै संसदीय कोषको बजेटबाट पुरा गर्ने रौतहट क्षेत्र नं ४ खका विद्यायक फुलबाबुले बताउनुभयो । यस वर्ष पहिला अधुरा कार्यको पुरा गर्ने त्यपछि मात्रै सडक, शिक्षा, स्वास्थ्य लगाएतका सम्पूर्ण विकास निर्माणका कामहरु गर्नेआफनो सोच रहेको उहाँले बताउनुभयो ।
Facebook Comments