Loading...
खेलमैदान न बनाउने हो भने कृष्णनगरका भु-माफियाहरु प्लाटिङ गरेर बेच्ने छ्न : सांसद शाह

निरहु यादव ,कपिलवस्तु, फाल्गुन १७ । जय नेपाल स्पोर्ट्स कल्ब कृष्णनगरको आयोजनामा कृष्णनगरमा संचालित इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट 2020 को पुरस्कर वितरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद अभिषेक शाहले आयोजक कल्ब सहभागी खेलाडी र मेयर रजत प्रताप शाहको खुलेर प्रशंसा गरे । कृष्णनगर १ छितौनीमा खाली रहेको ऐलानी जग्गामा नगरपालिकाले बनाउदै गरेको क्रिकेट खेलमैदानको प्रसङ्गमा यदि उक्त जग्गामा खेलमैदान बनाइ संरक्षण नगरीकन छोड्यो भने कृष्णनगरका भु-माफिया दलालहरुले प्लाटिङ गरेर बेच्न सक्ने भन्नुभयो । आफुले ३ लगातार चुनाव जितेर कुनै विशेष ठाउँ नपाएकोले आफू सोचे जस्तो युवाहरूको लागि केही विशेष काम गर्न नसकेको प्रति आफू लज्जित भएको समेत बताउनु भयो । सम्पन्न भएको उक्त खेलमा भारतको लखनउ , आजमगढ, सिद्धार्थनगर, र गोण्डा तथा नेपालका नेपालगन्ज , कृष्णनगर , भैरहवा र चितवन गरि जम्मा ८ टीमको सहभागिता थियोे जसमा आज भएको फाइनलमा बिजेता गोण्डालाई रु १ लाख नगदसहित बिजेता सिरिज र उपबिजेता चितवनलाई रु ५० हजार नगदसहित उपबिजेता सिरिज सम्मान सहित पुरस्कार बितरण गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *