Loading...
नयाँ गम्हरीयामा व्यवस्थापन समितिका पदाधिकारीहरुको सम्मान कार्यक्रम सम्पन्न

ओम प्रकाश यादव फागुन १९ गते, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको प्रांगनमा आज बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मावि नयाँ गम्हरीया श्रीपुरको नव गठिन विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुलाई बधाई दिन तथा सम्मान गर्न विद्यालयको प्रांगनमा आज बधाई, शुभकामना तथा सम्मान कार्यत्रमको आयोजना गरिएको थियो । विद्यायका प्रधानाध्यापक रामधार पास्वानको अध्यक्षता तथा प्रदेश २ का विकास समितिको सभापति एवं प्रदेश सांसद शेख फुलबाबुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दास तत्माले नवगठित व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै दोसल्ला ओढाएर सम्मान गरेका हुन । कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष एवं समाजवादी पार्टिका युवा कर्मठ नेता राजकुमार दासले कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद फुलबाबु, गरुडा नगरपालिकाका मेयर ईनु राय यादव, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशरखान मिथिला लगाएतलाई पनि दोसल्ला ओढाएर सम्मान गरेका हुन । कार्यक्रममा रौतहटका शिक्षा अधिकारी, अन्य विद्यालयका प्रअ, समाजसेवी सहित सञ्चारकर्मी कृष्ण तिवारी, ओम प्रकाश यादव, प्रहलाद साहलाई पनि अध्यक्ष दासले दोसल्ला ओढाएर सम्मान गरेका हुन । आफना कार्यकुश्लता, दक्षता र योग्यताको अधारमा युवा नेता दास केहि दिन अघि मात्रै दोश्रो पटक मावि नयाँ गम्हरीया श्रीपुरको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिईएको थियो । दोश्रो पटक अध्यक्षको जिम्मेवारी सम्हालेका नेता दासले आफुले विद्यालयलाई नयाँ उचाईको गतिमे पुरयाउने बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *