Loading...
प्रदेश न. २ को नाम “मधेश प्रदेश” हुने निश्चित, यस्तो छ प्रदेश सांसदको संख्या, चुनाब हुँदै

सरोज “खिलाडी”

जनकपुर । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको छ । प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउन लागिएको हो । नाम र राजधानीको टुंगो लगाउन मतदान हुनेछ । यस अघि २२ फागुनमा बैठक बोलाइएको छ । प्रदेश नम्बर २ मा सत्तारुढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सांसद छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी फोरमका १ जना सांसद प्रदेशसभामा छन् ।

प्रदेशको नाम बारे सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेशको नामाकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली काँग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *