Loading...
मन्त्री यादवको सक्रियतामा ठुलो साँस्कृतिक कार्यक्रमको आयोजना हुँदै, गायक भोजपुरीया आउँदै

ओम प्रकाश यादव फागुन २१ गते, रौतहट । आउँदै गरेको होली पर्वको असरमा रौतहटमा भव्य होली मिलन तथा साँस्कृतिक समारोह कार्यक्रम हुने भएको छ । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको विशेष सक्रियतामा गृह जिल्ला रौतहटको सुकदेव चौकमा यहि फाल्गुन २५ गते आईतवारका दिन होली मिलन तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ । समाजवादी पार्टिका केन्द्रिय सदस्य तथा समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले लोप हुन लागेको होली गीतलाई संरक्षण एवं प्रवद्र्धन गर्नको लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको बताएका छन । लोप हुने अवस्थामा पुगेको आफना भाष सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको मन्त्री यादवले बताए । यमुनामाई गाउँपालिका नगर कार्य समितिको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाल तथा भारतका लोकप्रिय कलाकारहरु आउन लागेका छन । होली मिलन तथा साँस्कृतिक कार्यक्रममा आफना सान्दार प्रस्तुति दिनको लागि भारतका चर्चित भोजपुरी गायक भरत भोजपुरीया आउन लागका हुन । साँस्कृतिक कार्यक्रममा भाग लिन नेपालकी मैथिली गायिका स्मृति मिश्रा सहित नटराज प्रोडक्सन जनकपुरको कलाकारहरुको टोली आउने कार्यक्रम तय भएको छ । कार्यक्रममा कलाकारहरुद्धारा आफना भषा,कला र सँस्कृति झल्किने विभिन्न भेषभुषमा झाकी एवं नृत्य प्रदर्शन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा मैथिली र भोजपुरी भाषाको गीत झल्किने खालको झाकी एवं नृत्य प्रदर्शन गरिने छ । कार्यक्रमको मुख्य आकर्षण गायक भरत भोजपुरीया रहकोले कार्यक्रममा दर्शकको उपस्थिती ठुलो मात्रामा हुने आयोजकले अनुमान गरेको छ । कार्यक्रमको मिडिया पार्टनर संगम एफएम १०५.५मेगाहर्ज रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *