Loading...
कोरोना भाइरसको त्रास : संक्रमण फैलनबाट रोक्नकालागि लगभग ५४ हजार कैदीलाई रिहा

कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि इरानले लगभग ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । तर पाँच वर्षभन्दा बढी सजाय सुनाइएकोलाइ छोडिएको छैन ।

जुन जेलमा कैदीको संख्या अत्यधिक छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो कदम उठाइएको हो । न्यायपालिकाका प्रवक्ता घोलमहुसैन इस्मालीले पत्रकारसँगको कुराकानीमा यी कैदीको स्वास्थ्य परीक्षण गरिएको र नतिजा नकारात्मक पाइएको जानकारी दिनु भएको छ । उनीहरुलाई जमानतमा अस्थायी रुपमा रिहा गरिएको उहाले बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *