Loading...
नगरसभा विथोल्नु अराजक, मौलापुर नगरपालिकाका प्रमुख साह घर ज्वाई बस्यो – मन्त्री यादव

ओम प्रकाश यादव फागुन २१ गते, रौतहट । सानो विषयलाई पनि ठुलो विषय बनाई विना कारण नगरसभा विथोल्नु वा बहिस्कार गर्नु अराजकता भएको प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आरोप लगाएका छन । मेयरसँग केहि कुरामा चित नबुझे एक आपसमा समझदारी गरेर अगाडि बढनुपर्नेमा रौतहटकी केहि उपमेयरहरुले पार्टिगत रुपमा लागेर पार्टिको ईशारा एवं कुनै व्यक्तिको लहलहीमा परेर नगरसभामा अवरोध सृजना गरिरहेको कृषि राज्य मन्त्री यादवले बताएका छन ।

गृह जिल्ला रौतहटको गरुडा नगरपालिकाको चौथो नगरसभालाई आज प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले मेयरसँग कलिकति पनि विवाद हुँदा त्यही निहुमा नगरसभा नै बहिस्कार गरी विकास निर्माणको कामकाज प्रभावित गर्ने उपमेयरहरुको बानी नै परिसकेको बताउनुभयो । आफना पालिका भित्रको विवाद एकआपसमा बसेर समाधान गरी नगरको विकास निर्माणको काममा लाग्न मन्त्री यादवले जिल्लाका मेयर उपमेयरहरुलाई आग्रह गर्नुभयो । एक अर्को प्रसंगमा मन्त्री यादवले मालापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले लामो समयसम्म एउटै पालिकामा अडा जम्माएर बसेको आरोप लगाए । जिल्लाका अधिकांश पालिकाका प्रमुख हाकिमहरु परिवर्तन भएपनि मौलापुर नगरपालिकाका प्रमुख हाकिम साह एकै ठाउँमा घरजमाई गरी बसेको मन्त्री यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *