Loading...
कर्मचारीले असहयोग गरेको भन्दै मुख्यमन्त्री राउतद्वारा संघिय सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम, फागुन २२ । प्रदेश सभा एव प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा कर्मचारीहरुले असहयोग गरेको भन्दै प्रदेश न २ को सरकारले सङ्घीय सरकार लाई ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख सरोज कुमार यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा सहितको टोली आज बिहान प्रदेश प्रमुख तिलक परियार मार्फत सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको हो । प्रदेश प्रमुखलाई आज बिहानै भेट्न पुगेको मुख्यमन्त्री राउत सहितको टोलिले प्रदेश सभाले गरेको निर्णय कार्यान्वयनमा कर्मचारीहरु आनाकानी गरेको भन्दै ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ । कर्मचारीहरुले असहयोग गरेको भन्दै मुख्यमन्त्री राउतले यस अघिनै कर्मचारीहरु बिरुध्द नै आन्दोलन गर्ने चेतावनी दिएको थियो । गत आव मा प्रदेश सरकार मार्फत भएको बिकास निर्माणको बक्यौता भुक्तानी गर्न प्रदेश सभाले प्रदेश सरकारलाई निर्देशनात्मक आदेश गरेपनी कर्मचारीहरुको असह्योगका कारण भुक्तानी हुन सकेको छैन । गत बर्षको बक्यौता भुक्तानी हुन नसक्दा प्रदेश सभा अबरुद्ध हुँदै आएको छ भने सरकारको काम समेत अबरुद्ध हुदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *