Loading...
राति ९ बजेको समयमा रौतहटमा ५ किलो २ सय ग्राम अबैध गाँजा सहित एक भारतिय पक्राउ

ओम प्रकाश यादव फागुन २२ ते, रौतहट । रौतहटको सशस्त्र प्रहरी बल नेपाल विओपी बेलविछवाले लागुऔषध गाँजा सहित एक जना भारतियलाई पक्राउ गरको छ । गएराति ९ बजेको समयमा जिल्लाको गौर नगरपालिका बडहर्वा पुलबाट ५ किलो २ सय ग्राम अबैध गाँजा सहित भारत विहार जिल्ला सितामढी बैरगनीयाका २१ वर्षिय रोहित कुमार पास्वान पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल विओपी बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको कमाण्डमा खटि गएको टोलीले नेपालबाट भारत तर्फ गईरहेको अवस्थामा पास्वानलाई पक्राउ गरको हो । कालो झोलामा लुकाई छिपाई भारततर्फ लगिरहेकोमा शंका लागि चेकजाच गर्दा उक्त लागुऔषध गाँजाबरामद भएपछि पास्वानलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए । गाँजा सहित पक्राउ परेको पास्वानलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेड क्वाटर रौतहटका सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *