Loading...
सशस्त्र प्रहरीद्वारा अपराध तथा कोरोना भाइरस सम्बंधि जनचेतना मूलक कार्यक्रम सम्पन्न

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, फाल्गुन २२ ससस्त्र प्रहरी बल नेपाल नं ५ विंध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल कृष्णनगरले कृृष्णनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ l सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हे.क्व. राजस्व भन्सार तथा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तुले आफ्नो जिम्मेवारी ईलाकामा पर्ने बिशेष गरी सीमाको परिचय , सीमाको प्रकार , सीमा क्षेत्रमा हुने बिभिन्न अपराधिक क्रियाकलाप , उक्त क्रियाकलाप रोकथाम गर्ने उपाय तथा हालै मात्र चिन लगायत बिभिन्न राष्ट्रहरुमा र नेपाललाई समेत उच्च जोखिममा रहेको भनिने कोरोना भाईरसको बारेमा जानकारी तथा सशस्त्र प्रहरी बल नेपाल र स्थानीय जनता बिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको कुरा सोही गुल्मका गुल्मपति स.प्र.ना.उ.सुशिल कुमार शाहीले सचेतना मुलक कार्यक्रम भएको कुरा जानकारी दिनु भयो l साथै उक्त कार्यक्रमले जनता माझ राम्रो सचेतना आएको कुरा स्थानीय जन बुझाइ रहेको छ l उक्त जनचेतना मुलक कार्यक्रम मा सशस्त्र प्रहरी, जन प्रतिनिधि, स्थानीय , व्यापारी, पत्रकार लगायत अन्य गरि लगभग सयौंको संख्यामा उपस्थित रहेको थियोे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *