Loading...
८६ भन्दा बढी राष्ट्रहरुमा फैलिएको कोरोना भाइरस सम्बंधित जनचेतना कार्यक्रम सम्पन्न

अजय मिश्र, कपिलवस्तु, कृष्णनगर, फाल्गुन २३ कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकीको सभा हालमा वडाध्यक्ष सगीर अहमद खांको अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र कृष्णनगर स्वास्थ्य चौकी को सहकार्यमा भएको हो। उक्त जनचेतना कार्यक्रममा नोबेल कोरोना भाइरस हाल बिश्वको ८६ भन्दा बढी राष्ट्रहरुमा फैली सो बाट ३ हजार २सय जनाको मृत्यु भयी सकेको र उक्त रोग को उच्च जोखिममा नेपाल रहेको तथ्य विश्व स्वास्थ्य संगठन (WHO) ले पुष्टी गरि सकेको कुरा स्वास्थ्यक्रमी जमाल खांले बताए। कार्यक्रममा कोरोना भाइरसका लक्ष्णहरु कोरोना भाइरस कसरी सर््छ र उक्त भाइरस बाट जोगिने उपायहरु माथि कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भटराई ले प्रकाश पारे। कृष्णनगर स्वास्थ्य चौकी व्यवस्थापन समितिका सल्लाहकार मौलाना मसहूद खां नेपालीले यो भाइरस विश्वलाई नै सशंकित बनाएको संका उपसंका का पछाडी न लाग्न सबैमा अपिल गर्दै र सावधानीका उपायहरु अपनाइ व्यक्तिगत र वातावरणीय सर – सफाईमा बिशेष ध्यान दिदै सबै मिलेर यो भाइरस बाट नेपाली जनता लाई सचेत गराउन अग्रह समेत गरे साथै नेपाल सरकार ले समयमा कोरोना भाइरस सम्बंधित चलाएका जनचेतना कार्यक्रमहरु सराहनीय रहेको वताए। कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले विश्वमा फैलिरहेको कोरोना भाइरसलाइ मध्य नजर गर्दै साउदी अरबले उमरा गर्न बाहिरी देशलाई रोक लगाएको कुरा सराहनीय रहेको जिक्र गरे. राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , खदिजतुल कुब्रा गर्ल्स कालेज का अध्यक्ष शैख अब्दुल अजीम मदनी लगायत स्थानिए समाजसेवी शिक्षक पत्रकारको उपस्थित रह्यो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *