Loading...
प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै भट्टराईले भने -“ओलीको २ वर्ष दुर्भाग्यपूर्ण”

२३ फागुन, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशकालागि दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ । नातावाद कृपावाद का साथै आपसी झै—झगडाका कामहरु समेत सरकारले गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको सरकारको भविष्य सकिएको टिप्पणी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै डा. भट्टराईले आज पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा भन्नु भयो -” बितेको दुई वर्षमा जनताले केही पनि पाएन । भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको भट्टराईको आरोप रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *