Loading...
होलि मनाउदै गरेका समाजवादी विद्यार्थीहरु माथि फलामको रडको बर्षा

पूर्वाञ्चल क्याम्पस धरानमा समाजवादी विद्यार्थी युनियनले ‘राष्ट्र एक रङ्ग अनेक’ नाराका साथ होली पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा आक्रमण भएको छ । शान्तिपूर्ण होलि कार्यक्रम भाँडने क्रममा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष विद्यानन्द यादव (वेदर्दी), सदस्य राजेश यादव लगायतका विद्यार्थीहरुमाथि कुटपीट भएको छ । समाजवादी विद्यार्थीहरुको बढ्दो सिर्जनशिलता र लोकप्रियता सहन नसक्ने निशान्त भट्टराई लगायतका बिद्यार्थीहरुले आक्रमण गरेका हुन् । शान्तिपूर्ण कार्यक्रममा फलामको रड, मुक्का, लात्तीले हिर्काउँदै मधेशी विद्यार्थीहरुमाथिको आक्रमणले समाजबादी विद्यार्थीहरु सख्त घाइते भएका छन् ।

बिस्तृत बिबरण आउन बाकि

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *