Loading...
प्रधानमन्त्री ओलीमा इन्फेक्शनको खतरा बढ्दो, डिस्चार्जको ठेगान नभएको चिकित्सकको दाबी

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो । उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि, प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली र समीक्षाले सामान्य रूपमा आहारा लिन थालेका छन् । प्रधानमन्त्री ओलीलाई अझै नजिकका व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । उनलाई केही दिन हाइडोजको औषधि दिइने उपचारमा संलग्न चिकित्सक बताउँछन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *