Loading...
नेकपाको आकश्मिक बैठकले कोरोना भाइरस संक्रमणको त्रासमा गर्यो राष्ट्रिय सम्मेलन नै स्थगित

आगामी चैत्र २७ २८,२९ र ३० गते जनकपुरमा आयोजना हुने नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन तत्कालका लागि स्थगित गरिएको छ । केन्द्रिय सचिवालयको हिजो बसेको आकश्मिक बैठकले यो निर्णय गरेको । बैठकले अनुकूल परिस्थिति बन्नासाथ सम्मेलन आयोजना गरिने भएकोले प्रदेश र जिल्लाहरुले भेला सम्मेलन वाहेक संगठनका आन्तरिक कामहरुलाई भने निरन्तरता दिने निर्णय लिएको छ । साथै सम्मेलन ब्यवस्थापन समितिहरुले पनि सहयोग संकलन ,पर्चा वितरण लगायतका ब्यवस्थापनसंग सम्बन्धित कामहरुलाई सुचारुगर्ने जनाइएको छ। २) सवै पार्टी समितिहरु र जनवर्गीय संगठनहरुले यो कोरोना भाइरसको माहामरीवाट आम जनतालाई जोगाउन सुरक्षाका उपायहरुवारे सचेतन गराउन प्रचार प्रसार गर्दै सहयोग गर्ने समेत बैठकले थप निर्णय लिएको छ । ३) चैत्रको तेस्रो हप्ता भित्रै राष्ट्रिय सम्मेलन आयोजक समितिको आकस्मिक वैठक आयोजना गरिन सक्ने हुदा सम्बान्धि सबै सदस्यहरु तयारीको अबस्थामा रहन बैठकले सूचना जारी गरेको छ । ४) कोरोन संक्रमण हुनसक्ने सन्त्रासावाट उत्पन्न असहज परिस्थितिको मौका छोपी कालावजारियाहरुले आमजनताको जनजीवनमा असरपार्ने गरी दैनिक उपभोगका अत्याबश्यक बस्तुहरुमा मुल्यबृद्धि गर्न थालेको देखिएको र यो हर्कत अझ बढ्दै जाने भएकोले जनहितको रक्षाको लागि पार्टीले वजार निगरानी गर्ने र यस्ता कालावजारियाहरुलाई आवस्यकतापरे जनताकोस्तरवाट कार्वाही गर्न पनि तयार हुने समेत निर्णय लिएको र सरकारलाई कालो बजारी र कृत्रिम अभाव रोक्न कडा निगरानी र कारबाही गरोस भन्ने जोडदार माग पनि गरेको छ । ५) बाहिर कोरोनाको सामना गर्न गर्नुपर्ने आवश्यक तयारीप्रति कुनै कारगर कदम नउठाउने तर विद्यालय, कलेज र कार्यालयहरु वन्दगरेर त्रासमात्र फैलाउन सरकार उद्यत रहेको देखिन्छ । सरकारको यस्तो गैह्र जिम्वेदार रवैयाको यो वैठक भत्र्सना गर्दछ । तत्काल आम जनतालाई सुरक्षाको अनुभुति हुने गरी कोरोना भाइरस फैलन नदिने आवश्यक सबै पूर्ब तयारी गर्न र आतंक सिर्जना गर्ने काम रोक्न जोडदार माग गर्दछ । ६) पार्टी कार्यालयकी घरधनी मिश्री देवी कडेलको श्रीमानको हालै मृत्यु भएकाले शोक सन्तप्त परिवार प्रति यो वैठकले समवेदना प्रकट गरेको पार्टीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *