Loading...
रौतहट प्रहरीदवारा गएराति कटुवा पेस्तोल, तीन राउण्ड गोलीसहित दुई जनालाई पक्राउ

रौतहट प्रहरीले गएराति कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने गढीमाई नगरपालिका वडा नं ६ धरमपुर स्थित बागमती नदीको पुलबाट अवैध हातहतियार सहित दुई जनालाई इलाका प्रहरी कार्यालय गरुडाका टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ज्ञान कुमार महतोको कमाण्डमा खटेको प्रहरी टोलीले राति साढे ९ बजेको समयमा उक्त पुलबाट सर्लाही जिल्लाको धनकौल गाउँपालिका वडा नं ६ का २६ वर्षीय राजेश महरा र २१ वर्षीय जय नारायण रामलाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेको दुवैजनालाई इलाका प्रहरी कार्यालय गरुडाका डिएस्पी महतोले आज बिहान पत्रकार समेलान गरेर सार्वजनिक गरेका हुन् । B R ३० U ८३८२ भारतीय नम्बरको मोटरसाइकलमा चढी रौतहट तरफ आउदैगरेको विशेष सूचनाको आधारमा डिएस्पी महतोको कमाण्डमा गएको टोलीले उक्त बागमती पुलको पछिम चौबाटोमा चेक जाँच गर्ने क्रममा दुवैजना पक्राउ परेको थियो । पक्राउ परेको दुवैजनाको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने तीन राउण्ड गोली दुई थान मोबाइल र एक मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका जनाएको छ । होलीको मौका छोपी रौतहटमा कुनै आपराधिक क्रियाकलाप गर्नकोलागी उनीहरू रौतहट आएको हुनसक्ने बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *