Loading...
शानदार मतले नेकपाको प्रस्ताव अस्वीकृत, नेकपा भारी मतले पराजित, कांग्रेस कुर्दै ताली बजाउदै

सरोज खिलाडी

४ चैत, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न निर्वाचन शुरू भएको छ । पहिलो मतदान सभामुख सरोजकुमार यादवले गरेका छन् । नामाकरणका लागि चार पटक र राजधानी तोक्न तीन पटक गरी सात पटक निर्वाचन हुन लागेको हो ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता गरिएको छ । सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा र केही सांसदले मध्य मधेश प्रस्ताव गरेका छन् ।

कुनै प्रस्तावमा २ तिहाइ बहुमत पुगे निर्वाचन टुंग्याइने र नपुगेमा लगातार निर्वाचन हुनेछ । कुनै पनि नाममा दुई तिहाइ नपुगे अर्को मितिमा अर्को निर्वाचन हुने सभामुख यादवले बताउनु भएको छ । यसै बीच नेकपा ले अगाडी सारेको प्रदेश न २ को नाम जानकी प्रदेश अस्वीकृत भएको छ । यस नामका लागि भएको मतदानमा हुन्छ भन्ने मा ३७ ले मतदान गरेका थिए भने हुन्न भन्ने मा मतदान गर्नेको संख्या ७० रहेको छ । यता भने मधेश आन्दोलन को भावना अनुरुप समाजबादी पार्टी र राजपाले प्रदेश २ को नाम मधेश प्रदेश अगाडी सारेको छ जुन कि सांसद किन बेच भएन भने पास हुने पक्का भएको छ । यी दुइ पार्टी संग सबै भन्दा बढी मत रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *