Loading...
रौतहटमा अपराधिक गतिविधि बढदै, चाइनिज र कटुवा पेस्तोल सहित एक जना पक्राउ

ओम प्रकाश यादव चैत्र ३ गते, रौतहट । अबैध हातहतियार सहित २ जना पक्राउ परेको एकसाता पनि नबित्दै रौतहट प्रहरीले अबैध पेस्तोलसहित सोमबार फेरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् । बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिनुभएको छ । सोमवार विहानै सशस्त्र प्रहरीको गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा अबैध हतियार सहित बैतुल्लालाई यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट पक्राउ गरेको सशस्त्र प्रहारी उपरीक्षक कर्णजितले बताउनुभयो । हातहतियार सहित पक्राउ परेका बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उहाँले बताउनुभयो । यसअघि गत फाल्गुण २७ गतेराति जिल्लाको गढिमाई नगरपालिका ६ धर्मपुर स्थित बागमति नदिको पुलबाट अबैध हतियार सहित दुई जना पक्राउ परेका थिए । रौतहटमा केहि दिनदेखी अपराध गर्ने अपराधीहरुको गतिविधि बढेको देखिएको छ । एकसातामै तिन जना अबैध हतियार सहित पक्राउ पर्नुले जिल्लामा अपराधीहरुले आफना गतिविधि बढाएको बुझिएको छ । अपराधिको गतिविधि बढेपछि रौतहट प्रहारीले सुरक्षा व्यवस्था पनि काडा बनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *