Loading...
पोल खुल्ने डरले भाउजूसँगको अनैतिक सम्बन्ध लुकाउन देवरद्धारा भाउजूमाथी खुकुरी प्रहार

ओम प्रकाश यादव गरुडा, चैत्र ४ गते । भाउजूसँग रहेको अनैतिक सम्बन्धको पोल खुल्ने डरले रौतहटमा मंगलवार एक जना देवरले आफनै भाउजूलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गर्ने प्रयास गरेको खुलेको छ । जिल्लाको साबिक गाविस जेठरहिया ९ हाल यमुनामाई गाउँपालिका १ का धनै सहनिको छोरा राजुकुमार सहनीले आफनै भाउजूको हत्याको प्रयास गरेका हुन । खुकुरी प्रहार गरी आफनै भाउजूलाई हत्या गर्न खोज्ने देवर सहनीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले मंगलावर विहानै पत्रकार सम्मेलन गरेर अभियुक्त राजुकुमार सहनिलाई सार्वजनिक गर्नुभएको छ । सहनिले वैदेशिक रोजगारीमा रहेका दाईको श्रीमती पुनमकुमारी सहनी माथी धारिलो हतियार खुकुरी प्रहार गरि हत्याको प्रयास गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक महतोले जानकारी दिनुभएको छ । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको उहाँले बताउनुभयो । देवर सहनीको खुकुरी प्रहारबाट गम्भिर घाईते भएकी पुनम कुमारीको शिव दर्शन होस्पिटल शुकदेव चौकमा सामान्य उपचारपछि बिरगंज स्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएको छ । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको बताईएको छ । गएराति पुनम सहनी छोरी सहित आफ्नो घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजे अज्ञात ब्यक्ति घर भित्र प्रवेश गरि पुनम उपर धारिलो हतियार खुकुरी प्रहारगरी घाइते बनाउनुको साथै केही सामान लुटपाट पनि गरी भागेका थिए । घटनाको सूचना पाएलग्त्तै ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा गएको टोलिले घटनास्थलमा सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा घाइते पुनमको घरदेखी झन्डै १०० मिटर टाढा बाँस को मचानमा राजु सहित पुनमको चारजना देवरहरु सुतिरहेका थिए । प्रहरीले मचानको तलासी गर्दा राजुको सिरानी मुनी रगत लागेको देखिएको र परालमुनी २ वटा ठुलो खुकुरी बरामद गरेको थियोे । लगतै प्रहरीले राजुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरायसी बिवादको कारण हतियार प्रहार गरेको स्वीकार गरेका थिए तर श्रोतका अनुसार अभियुक्त राजु सहनीको कान्छी भाउजू सङ अनैतिक सम्बन्ध लामोसमय देखि रहदै आएको छ । सोही सम्बन्ध बाहिर आउने डरले राजु सहनीले भाउजू पुनम सहनीको हत्याको प्रयास गरेको बताईएको हो । आरोपी राजु सहनी उपर ज्यानमार्ने उधोग मुद्दा दर्तागरी जिल्ला अदालत गौर बाट म्याद थपगरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक महतोले बताएउनुभयो । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *