Loading...
अध्यक्ष राजकुमार दासद्धारा आफनै विद्यालयको वार्षिक परिक्षाको अनुगमन निरीक्षण

ओम प्रकाश यादव गरुडा, चैत्र ४ गते । देशैभरी गत २९ गतेबाट शुरु भएको कक्षा १ देखी ९ सम्मको वार्षिक परिक्षाको छैठौ दिन आज पनि रौतहटमा शान्तिपूर्ण एवं भयरहित वातावरणमा परिक्षा सम्पन्न भएको छ । जिल्लाको गरुडा नगरपालिका अन्तर्गत पर्ने श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरमा आज शान्तिपूर्ण एवं मर्यादित ढंगले वार्षिक परिक्षा सम्पन्न भएको छ । मावि श्रीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दासले आज आफना विद्यालयमा भएको परिक्षाको अनुगमन निरीक्षण गर्नुभएको छ । पत्रकार सहितको टोलीसँगै अनुगमनमा आएका व्यवस्थपान समितिका अध्यक्ष दासले शान्त, मर्यादित एवं भयरहित वातावरणमा परिक्षा सञ्चालन गर्न शिक्षकहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष दासले पत्रकारको टोलीसँग विद्यालयमा गरेको अनुगमणको क्रममा विद्यार्थीहरुले एकदमै शान्त भएर मर्यादित ढंगले परिक्षामा भाग लिएको पाईएको थियो । गत फागुण २९ गतेदेखी देशैभरी एकैसाथ शुरु भएको कक्षा १ देखी ९ सम्मको वार्षिक परिक्षा आउँदो चैत्र ६ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *